धरान: उच्च रक्तचापबारे जनचेतना जगाउन र रोकथाम गर्नको लागि धरानमा एक महिनासम्म निःशुल्क रक्तचाप जाँच कार्यक्रम शुरु भएको छ ।

‘स्वास्थ्य मुटु, स्वास्थ्य मृगौला’ भन्ने नाराका साथ सक्रिय केएचडिसी नेपाल र सामाजिक उत्तरदायित्वका निमित्त चिकित्सक संघ नेपाल, धरान (पिएसआरएन)को आयोजनामा एक महिनासम्म रक्तचापबारे जनचेतना र निःशुल्क जाँच शुरु भएको हो । हरेक बर्ष विश्वका एक सय बढी मुलुकहरुमा सन् २०१७ देखि मे महिनाभरी ‘मे मेजरमेन्ट मन्थ’ मनाउने गरिएको छ । धरानमा पनि केएचडिसी र पिएसआरएनले मे १ (बैशाख १८) देखि मे ३० (जेठ १६)सम्म यो दिवस मनाउन शुरु भएको हो । 

health-camp3

पहिलो दिन आइतबार घण्टाघरमा चिकित्सकहरुको टोलीले निःशुल्क उच्च रक्तचाप जाँच गरिएको थियो । एक महिनासम्म घण्टाघर परिसरमा बिहान ८ बजेदेखि दुई घण्टा निःशुल्क रक्तचाप जाँच गरिने केएचडिसी नेपालका अध्यक्ष राजेन्द्रप्रसाद पोखरेलले जानकारी दिए । उनले भने,‘हरेक दिन घण्टाघरमा बिहान ८ बजेदेखि १० बजेसम्म जो कोहीलाई परिक्षण गछौ, जसलाई पनि हुनसक्छ रक्तचाप ।’

धरानको निम्न आर्थिक अवस्था भएका वस्तीहरुमा पनि मोवाइल टोली पुगेर निःशुल्क रक्तचाप जाँच गर्ने अध्यक्ष पोखरेलले जानकारी दिए । उनका अनुसार निम्त आय भएका बस्तीहरुमा स्वास्थ्य जाच गर्ने इच्छा पनि कम हुने, फुर्सद नहुने र पैसा पनि नहुने भएकोले ती क्षेत्रहरुलाई केन्द्रीत गरेर मोवाइल टोली बेग्ला बेग्लै वडाहरुमा पुग्नेछ । एउटा कुनै गाविसको जनसंख्या भन्दा बढी गरिबहरुको संख्या सहरमा हुने भएकोले यो कार्यक्रम धरानमा गरिएको उनको भनाई छ ।

health-camp1

वीपी प्रतिष्ठानका प्रा.डा.सञ्जिवकुमार शर्माका अनुसार केएचडिसी नेपालले हालसम्म धरान, तरहरा, इटहरी, टंकीसुनवारी, दमक, सुरुंगामा पुगेर सेवा प्रदान गरिसकेको छ भने हाल झापाको मेची नगरमा पनि जाँच भइरहेको छ । हालसम्म १ लाख २० हजार जनालाई परीक्षण गरिसकेको जानकारी दिदै उनले तथ्यांकमा २५ प्रतिशतलाई उच्च उच्चरक्तचाप भएको देखाएको बताए । उक्त तथ्यांक २० बर्ष माथिकाहरुको भएको पनि उनले बताए । ‘पुर्वमा सालाखालामा हेर्दा ६ देखि ८.५ प्रतिशत मधुमेह छ । मुटुको रोग २.५ प्रतिशत छ, स्ट्रोक ३ प्रतिशत छ । कोलेष्ट्रोलको मात्रा एकदम धेरै २० प्रतिशत छ,’डा.शर्माले भने ।

भिडियो:

 

health-camp2

health-camp3 1