धरान: धरानका मेयर तिलक राईले आफ्नो करिब अढाई बर्षे कार्यकालमा भएको महत्वपुर्ण काम तथा उपलब्धीहरु सार्वजनिक गरेका छन् ।

आफ्नो कार्यअवधि सकिन लागेपछि सोमबार मेयर राईले कार्यपालिका हलमा पत्रकार सम्मेलन गर्दै आफ्नो कार्यकालमा भएको कामहरुको विवरण सार्वजनिक गरेका हुन् । मेयर राईले कार्यपालिकामा आफ्नो उपस्थिति अल्पमतमा भएकोले ज्यादै चुनौतीपुर्ण र कठिन यात्रा भएपनि आग्रह, पुर्वाग्रह विना नगरको विकास र समृद्धिको लागि दृढसंकल्पको साथ अघि बढेको बताए । मेयर राईले प्रतिकुल परिस्थितिको बाबजुद पनि आफ्नो नेतृत्वले नगरको विकास र समृद्धिलाई बन्धक हुन नदिएको दाबी गरे ।

भिडियो :

आफ्नो कार्यकाल शुरु भएलगत्तै कोभिड १९ को महामारी शुरु भएर कहालीलाग्दो परिस्थिति बनेको कारण महत्वपुर्ण समय कोभिडको प्रतिरक्षाको लागि आवश्यक समय, उर्जा र बजेट खर्चनुपरेको मेयर राईले जानकारी दिए । ‘प्रतिकुल परिस्थितिमा समेत हामीले नगरको समृद्धि र विकासको कामहरु गर्न सफल भयौ । जटिलतामा रहेका योजनाहरुलाई शुरु गरेर सम्पन्न गर्ने चरणमा छौ भने कति निर्माण सम्पन्न समेत भएका छन्,’मेयर राईले भने,‘राम्रा कामहरुलाई निरन्तरता दिने र धरानको सम्भावना रहेका योजनाहरुलाई अघि बढाउने काम गर्यौ । ’

यस्तो छ, कामहरुको विवरण: