धरान: सरकारका प्रवक्ता एवं सुचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र कार्कीले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले निरन्तरता पाएको भए नेपाल पनि श्रीलंकाको हालतमा हुने बताएका छन् ।

मंगलबार दिउँसो धरानमा लोकतान्त्रिक बाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै मन्त्री कार्कीले यस्तो बताएका हुन् । ओलीले धेरै गफ गरेपनि काम गर्न नसकेको पनि कार्कीको आरोप थियो । सस्तो लोकप्रियताको आधारमा ओलीले नेपाललाई पनि श्रीलंकाको बाटोमा हिडाएको मन्त्री कार्कीले आरोप लगाए । उनले भने,‘ओलीकै सरकार अहिलेसम्म निरन्तर रहेको भए श्रीलंकाकै हालमा हुनेथियो ।’

gathabandan4

मन्त्री कार्कीले ओलीले ठुलो सपना देखाउने र केही पनि काम नगर्ने भएकैले राष्ट्रिय सभाको २१ सिटमध्ये जनप्रतिनिधिहरुले २० सिटमा गठबन्धनलाई जिताएको बताए । अब स्थानीय तह निर्वाचनमा पनि गबठन्धन उम्मेद्वारहरुलाई जनताले जिताएर राष्ट्रियसभा निर्वाचनको झझल्को दिने पनि बताए । 

मन्त्री कार्कीले कांग्रेसका नेता, कार्यकर्ताहरुलाई अन्तरघात नगर्न पनि बिशेष आग्रह गरेका छन् । केही कांग्रेसीहरु ३६४ दिन कांग्रेस हुने र मतदान गर्ने दिन कांग्रेस नहुने गरेको उल्लेख गर्दै कार्कीले भने,‘हामी केही कांग्रेसीहरु छौ, ३६४ दिन कांग्रेस हुन्छौं, तर जुन दिन कांग्रेस हुनुपर्ने हो, त्यो दिन गैरकांग्रेस हुन्छौ । यदि हामी गैरकांग्रेस भएर रुखलाई भोट हालेनौ भने यो दशेको समृद्धिमा, अब आउने हाम्रो पुस्तामाथि ठुलो अन्याय गर्दैछौं ।’

भिडियो:

gyanendra-karki

gathabandan6

gathabandan5

gathabandan3

gathabandan8