झापा: १ नम्बर प्रदेश सुरक्षा समितिले झापा जिल्लाको अनुगमन गरेको छ । 

प्रदेश प्रमुख सचिव डा. राम प्रसाद घिमिरेको संयोजकत्वमा प्रदेश सुरक्षा समितिका पदाधिकारीहरुले हिजो झापा जिल्लाअन्तर्गत कचनकवल गाउँपालिका र हल्दीवारी गाउँपालिका एरियाका अति संबेदनशिल मतदानस्थल तथा मतगणनास्थलहरुको स्थलगत अनुगमन गरेको हो । आन्तरिक मामिला मन्त्रालयका सचिव काली प्रसाद पराजुली, प्रदेश प्रहरी प्रमुख डिआइजी अरुण कुमार बिसी, सशस्त्र प्रहरीका डिआईजी कमल गिरी, राष्ट्रिय अनुसन्धानका अनुसन्धान निर्देशक, नेपाली सेना २ नम्बर बाहिनी ईटहरीका निमित्त बाहिनिपतिलगायको टोलीले अनुगमन गरेका हुन् ।

anugaman1

यस्तै, जिल्ला सुरक्षा समितीका पदाधिकारीहरुसँग जिल्ला प्रशासन कार्यालय झापाको सभाहलमा निर्वाचन सुरक्षा सम्बन्धी छलफल कार्यक्रम समेत भएको थियो । उक्त छलफलमा प्रदेश प्रमुख सचिवले सबै सुरक्षा निकायहरुले सामुहिक र परस्पर समन्वय एवं सहकार्यबाट स्थानिय तहको निर्वाचन २०७९ लाई सुरक्षित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन आ(आफ्नो स्थानबाट उत्कृष्ठ कार्य सम्पादन गर्न निर्देशन दिएका थिए ।