धरान: धरानको वडा नं ८ को प्रारम्भिक २ सय मतगणनाको नतिजा सार्वजनिक भएको छ । 

निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार मेयरमा स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले बढी मत प्राप्त गरेका छन् भने वडाअध्यक्षमा एमाले उम्मेद्वार धनबहादुर राईले अग्रता कायम गरेका छन् । निर्वाचन अधिकृत पुष्करराज नेपालका अनुुसार मेयरमा साम्पाङले ७४ मत प्राप्त गरेका छन् भने एमालेकी उम्मेद्वार मञ्जु भण्डारीले ६८ मत पाएकी छिन् । गबठन्धनका उम्मेद्वार किशोर राईले २७ मत प्राप्त गरेका छन् । यस्तै, उपमेयर एमाले उम्मेद्वार पदम इस्वोले ८३ मत पाएका छन् भने गठबन्धनका उम्मेद्वार अइन्द्र बेघाले ४९ मत पाएका छन् । 

यसैगरि, २ सय मतगणना हुँदा वडाअध्यक्ष एमालेका उम्मेद्वार धनबहादुर राई १०२ मत पाएर अगाडि छन् । कांग्रेसका उम्मेद्वार उत्तमकुमार राईले २३ मत पाएका छन् भने माओवादी केन्द्रकी उम्मेद्वार कृपा राईले ११ मत पाएकी छिन् ।