धरान: धरानको वडा नं ७ मा एमालेबाट वडाअध्यक्षसहित ३ जना विजयी भएका छन् । दुई जना सदस्य भने कांग्रेसबाट विजयी भएका छन् ।

निर्वाचन कार्यालयले राती साढे १ बजे अन्तिम मतपरिणाम घोषणा गर्दा वडाअध्यक्षमा एमालेबाट जीवन सुवेदी ६७९ मत ल्याएर विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी सुवर्णमोहन पलिखेलाई १०७ मतान्तरले हराए । पलिखेले ५७२ मत प्राप्त गरे ।  सुवेदी २०५४ सालमा पनि वडा ७ को अध्यक्ष जितेका थिए । २०७४ मा वडा सदस्य भएका उनी एक बर्षपछि तत्कालिन वडाअध्यक्ष भुवन मोक्तानको मृत्यु भएपछि कार्यवाहक अध्यक्ष भएका थिए । २०७६ को उपनिर्वाचनमा राजिनामा दिएर वडाअध्यक्षमा उम्मेद्वार भएका थिए । उपनिर्वाचनमा पनि सुवेदीसँग पखिले नै १ मतान्तरले पराजित भएका थिए । 

यसैगरि, वडा ७ मा एमालेबाट खुला सदस्यमा राजेश मोक्तान ५९३ मत ल्याएर विजयी भएका छन् भने दलित महिला सदस्यमा डे कुमारी विश्वकर्मा ६२४ मत ल्याएर विजयी भएकी छन् । महिला वडा सदस्यमा भने नेपाली कांग्रेसकी रमिता श्रेष्ठ ६२७ मत ल्याएर विजयी भइन् । यस्तै, खुला सदस्यतर्फ कांग्रेसका सुमिर बम्जन ६ सय मत ल्याएर विजयी भए । एमालेका उम्मेद्वार मनु मोक्तान ६११ र विमला श्रेष्ठ ५७१ मत ल्याएर पराजित भए । वडा नं ७ मा २१४६ मतदाता रहेकोमा १४५० मत खसेको थियो ।