धरान: विदाको दिन शनिबार बच्चाहरु बिहानै उठ्न अल्छि गर्छन्, र ओछ्यान छोड्न मान्दैनन् । तर, धरानका बालबच्चाहरु भने अलिक फरक छन् ।

विदाको दिन भनेर उठ्न अल्छि गर्ने आमाबुबाहरुलाई पनि बिहानै उठाछन्, र धरान १६ स्थित रंगशालामा पुर्याउन भन्छन् । आमा बुबाहरु पनि बच्चासँगै उठेर रंगशाला पुग्छन् । त्यहाँ बिहान ७ बजेदेखि उनीहरु फुटबल प्रशिक्षणमा सहभागी हुन्छन् । यसरी शनिबार बिहानै बालबालिकाहरु रंगशाला धाउन थालेको १५ हप्ता पुगिसकेको छ । 

sports1

धरान उपमहानगरपालिकाअन्तर्गतको खेलकुद विकास समितिको आयोजनामा ग्रासरुट फुटबल प्रशिक्षण आयोजना भइरहेको छ । प्रशिक्षण ६ बर्षदेखि १२ बर्ष उमेर सम्मकाहरुलाई लक्षित हो । तर, केही बढी उमेरकाहरु पनि सहभागी हुन पाउछन् । प्रशिक्षण निःशुल्क हो । कसैलाई भनिरहन वा नाम टिपााइरहन पदैन । बिहान ७ बजेअघि रंगशालामा आएका बालबालिकाहरु जो कोहीले प्रशिक्षणमा सहभागी हुन पाउने संयोजक सतिस केसीले जानकारी दिए ।

भविष्यमा प्रतिभावान फुटबल खेलाडी उत्पादन गर्ने लक्ष्य लिएर प्रशिक्षण आयोजना गरिएको हो । चालु आर्थिक बर्षको अन्त्यसम्म प्रशिक्षण जारी रहने पनि केसीले जानकारी दिए । पुर्वराष्ट्रिय खेलाडी इन्दु रसाइलीको नेतृत्वमा प्रशिक्षण भइहेको छ । 

भिडियो:

sports4

sports1 1

sports3

sports2