धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा.ज्ञानेन्द्र गिरी घोपा बचाउ आन्दोलनको घेराबन्दीमा परेका छन्।

उपकुलपतिको उपस्थितिमा मात्र वार्तामा बस्ने अडान राखेका घोपा बचाउ अभियन्ताहरुले सोमबार उपकुलपति डा.गिरीलाई उनकै कार्यालय परिसरमा गाडीभित्रै घेराबन्दी गरेका थिए । कार्यालय समय सकेर क्वार्टर फर्कदै गरेका उपकुलपति गिरीलाई आन्दोलनकारीहरुले बीचैमा घेरा हालेका थिए । झण्डै एक घण्टासम्म आन्दोलनरत पक्षले उपकुलपति गिरीलाई घेरा हालेर रोकेका थिए।

bp-ghopa5

मेयर हर्क साम्पाङको समन्वयमा उपमहानगरपालिका वार्ता गर्न अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहको नेतृत्व एक टोली गएको थियो । उक्त वार्ता निष्कर्षविहिन भएपछि आक्रोशित आन्दोलनकारीहरुले उपकुलपतिलाई नै घेरा हालेका हुन् । पुनः मेयर साम्पाङ वीपी प्रतिष्ठानमा पुगेर वार्ताको लागि पहल गरेका थिए । उनकै पहलमा अहिले उपकुलपति डा.गिरीसहितको उपस्थितिमा वार्ता भइरहेको छ ।

 

bp-ghopa9

bp-ghopa6

bp-ghopa8

bp-ghopa1