धरान: धनकुटाबाट धरानतर्फ आउदै गरेको मोटरसाइकल र्दुघटनामा परी एक जनाको मृत्यु भएको छ । 

आज बिहान(राती) करिब २ बजे धनकुटा नगरपालिका ६ मा धनकुटाबाट धरानतर्फ आउदै गरेको मे ६ प १७५६ नम्बरको मोटरसाईकल अनियन्त्रीत भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार खाँदवारी नगरपालिका १० संखुवासभा घर भई धनकुटा नगरपालिका ६ मा डेरा गरी बस्ने २४ बर्षीय पुरन राई घाईते भएका थिए।

उनलाई उपचारको लागी जिल्ला अस्पताल धनकुटा लगिएको थियो । उपचारको क्रममा उनको राती नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।