धरान: किराँत खोण्डुङ्ग वान्तवा राई समाज नेपालको केन्द्रीय तदर्थ समिति गठन भएको छ । 

किरात राई यायोक्खा सुनसरीको धरान १० स्थित भवनमा आयोजित कार्यक्रममा शनिबार तदर्थ समितिको घोषणा तथा पदस्थापन गरिएको छ । तदर्थ समितिको संयोजक मदनबहादुर राई रहेका छन् भने सदस्यहरुमा यमकुमार राई, गंगा राई, अमृता राई, रत्नदेवी राई, गजेन्द्रप्रसाद राई र नरबहादुर राई रहेका छन् । खोण्डुुङ्ग वान्तवा राईभित्रको एउटा पाछा हो । 

तदर्थ समितिका संयोजक राईले आफ्नो क्षमता, विवेक र बुद्धिले भ्याएसम्म एकतावद्ध गर्दै लैजाने र विभिन्न ठाउँमा छरिएर रहेका दाजुभाईहरुलाई गोलबद्ध गर्ने प्रतिवद्धता जनाए । साथै, उनले आगामी दिनमा वंशावली नामावली प्रकाशन गर्ने प्रमुख भुमिका निर्वाह गर्ने बताए । संस्था दर्ता भएर आएपछि अबको सम्पुर्ण गतिविधिहरु पनि संस्थागत हुने उनको भनाई थियो । संस्थाको विधान अनुसार ३ महिनाभित्र साधारणसभा पनि गर्नुपर्नेछ ।

bantawa3

कार्यक्रममा तदर्थ समिति गठन हुनुअघिको अध्यक्ष गणेश राईलाई फेटा गुथेर सम्मान गरिएको थियो भने संस्थालाई बिशेष सहयोग गर्ने हाल अमेरिका निवासी लिलाकुमार राईलाई पनि फेटा गुथेर सम्मान पत्रले सम्मान गरिएको थियो । यस्तै, विराट मेडिकल शिक्षण अस्पतालमा कार्यरत मृगौला रोग विशेषज्ञ डा. रविन राईलाई पनि सम्मान गरिएको थियो भने सहयोगीहरुलाई पनि मायाको चिनोसहित सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल आदिवासी जनजाति महासंघ सुनसरीका अध्यक्ष राम माण्डुपा राईले सँस्कार, सँस्कृति पुस्तान्तरण गर्दै जानुपर्ने बताए । जन्मदेखि मृत्युसम्मको सँस्कारलाई दस्तावेजीकरण गर्नुपर्ने पनि उनले बताए । कार्यक्रममा यायोक्खा सुनसरीको कार्यवाहक अध्यक्ष सुवित्रा राई, यायोक्खा धरानकी कार्यवाहक अध्यक्ष लिला राई, यायोक्खा इटहरी वडा ६ का अध्यक्ष चिरहाङ राईलगायत अतिथिहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा संस्थाको उद्देश्यसहित स्वागत मन्तव्य मदन राईले गरेका थिए ।

भिडियो:

bantawa5

bantawa4

bantawa8

bantawa2

bantawa7

bantawa6

bantawa11

bantawa10