सुनसरी: सुनसरीको हरिनगरा गाउँपालिका ४ बाट कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा भारत अररिया बबुवान पन्चायत घोर्नाथानाका २७ बर्षीय ओम प्रकाश पाल रहेका छन् । प्रहरीले उनलाई बिशेष सुचनाको आधारमा गए राती साढे १ बजे पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी निरीक्षकको टोलीले हरीनगरा ४ का डोमी मेहताको घरमा पाहुना आएका पाललाई पक्राउ गरेको हो ।

पालको बि.आर.३९ जे.३८३५ नम्वरको मोटरसाईकलको डिकिभित्र प्लास्टिकमा बाँधेर लुकाई राखेको कटुवा पेस्तोल १ थान र ३ राउण्ड गोली वरामद भएको सुनसरी प्रहरीले जनाएको छ । कटुवा पेस्तोलसहित पक्राउ परेका पालको जिल्ला प्रहरी कार्यालय सुनसरीले थप अनुसन्धान भईरहेको जनाएको छ ।