धरान: प्रहरीले धरान १५ सदन रोडमा फेला पारेको मोटरसाइकल सम्बन्धित व्यक्तिलाई बुझाएको छ । 

ईलाका प्रहरी कार्यालय धरानका अनुसार जेठ १८ गते सदन रोडमा को २३ प ६६०५ नम्बरको बजाजको २२० सिसि मोटरसाइकल फेला परेको थियो । उक्त मोटरसाइकल प्रहरी कार्यालयमा राखेर सवारीधनीको खोजी गरिएको र फेला पारेपछि आज (मंगलबार) बुझाइएको धरान प्रहरीले जनाएको छ ।

उक्त मोटरसाइकल धनी इटहरी ५ का २९ बर्षीय देवेन्द्र राई भएको फेला परेको थियो । उनी आज ईलाका प्रहरी कार्यालय धरान आएर मोटरसाइकल जिम्मा लिएका थिए ।