बिराटनगर: तेह्रथुम र पाँचथरको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । 

तेह्रथुमको म्याङलुङ नगरपालिका १ को भित्री सडक खण्डमा म्याङलुङबाट तमोरतर्फ जाँदै गरेको प्रदेश १(०२(००३ त ४९८ नम्बरको ट्याक्टर बाटो देखि अन्दाजी १०० मिटर तल झरेको थियो । उक्त दुर्घटनामा चालक फेदाप गाँउपालिका ५ ईसिबुका २६ बर्षीय रबिन खापुङको घट्नास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ। 

यसैगरी, पाँचथरको हिलिहाङ गाउँपालिका ७ सल्लेरीमा बुधवार दिउँसो ट्याङकरले मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालकको मृत्यु भएको छ। पाँचथरबाट झापातर्फ जाँदै गरेको मे १ ख २४९४ नम्बरको ट्याङकरले बिपरित दिशा तर्फ जाँदै गरेको को। ५ प २३३० नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा चालक रामधुनी नगरपालिका(७ सुनसरीका २६ बर्षीय प्रेम घिसिङ घाइते भएका थिए । उनको उपचारको क्रममा बि।एण्ड।सि। अस्पताल बिर्तामोडमा राती पौने १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । दुबै घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।