धरान: धरानको आइतबार भएको कार्यपालिका बैठक धेरै हिसाबले महत्वपुर्ण रह्यो । 

बैशाख ३० गतेको निर्वाचनबाट निवार्चित कार्यपालिकाको पहिलो बैठक निक्कै तिक्ततापुर्ण भएको थियो । खोला ठेक्काको एजेण्डाले मेयर र वडाअध्यक्षहरुबीच चर्काचर्की पर्यो । सामाजिक सञ्जालहरुमा मेयर हर्कराज राई (साम्पाङ)को समर्थन र वडाअध्यक्षहरुको चर्को आलोचना भए । तर, आइतबारको कार्यपालिका बैठकमा वडाअध्यक्षहरुले कुनै असहमति वा विमति राखेनन्।

2nd-karyapalika-meeting

बैठकमा सबै एजेण्डा सर्वसम्मत पारित भयो भने बैठकमै वडा नं १३ का अध्यक्ष नेत्र काफ्लेले मेयर राईको प्रसंशा पनि गरे । उनले कोही डेलिगेशन आउदा मेयर वा उपमेयरले सम्बोधन चाडै गरिदिन आग्रह पनि गरे । यस्तै, उनले बैठकमा मेयर राईको कुरा र प्रस्तुतीबाट खुशी भएको व्यक्त गर्दै सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता जनाए । उनले मेयर, उपमेयर र वडाअध्यक्षहरु सबै धरानको विकासकै लागि आएको धारणा राख्दै वडामा जादा सम्बन्धित वडाअध्यक्षलाई पनि सम्पर्क गर्न मेयर राईसँग आग्रह गरे । बैठक पछि पनि वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले मेयरको तारिफ गर्दै बैठक सौहार्दपुर्णरुपमा सकिएको प्रतिक्रिया दिए ।

भिडियो: