धरान: धरानको कार्यपालिका बैठक नबसी स्थगित भएको छ ।

बिहिबार दिउँसो २ बजेलाई कार्यपालिका बैठक बोलाइएको थियो । तर, बैठक अघि धरान उपमहानगरपालिकाको मेन गेटमा खोला ठेक्काकोविरुद्ध मेयर हर्क साम्पाङको समर्थकहरुले विरोध प्रर्दशन गरेपछि वडाअध्यक्षहरु बैठकमा आएनन् । प्ले कार्डसहित शान्तिपुर्ण विरोधमा उत्रिएकाहरुले वडाअध्यक्षहरुलाई लक्षित गर्दै प्ले कार्ड बोकेका थिए । वडाअध्यक्षहरुले मेयर साम्पाङको निर्देशनमा आफुहरुविरुद्ध प्रर्दशन भएको भन्दै असन्तुष्टी जनाएका छन् ।

khola-thekka7

केही वडाअध्यक्षहरु उपमहानगरपालिकामा आइसकेर पनि फर्किएका थिए । कतिपय वडाअध्यक्षहरु उपमहानगरपालिका प्रवेश नगरि फर्किएका थिए । अघिल्लो बैठकमा अघिल्लो कार्यपालिका बैठकमा वडाअध्यक्ष र मेयर साम्पाङबीच खोला ठेक्का लगाउने कि नलगाउने भन्ने बिषयमा चर्काचर्की परेको थियो । सञ्चारकर्मीलाई लाइभ गर्न दिइएको बैठकको भिडियो सार्वजनिक भएपछि मेयर साम्पाङका समर्थकहरुले वडाअध्यक्षहरुको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा आलोचना गरिरहेका छन् ।

mayor-harka

मेयर साम्पाङले भने प्रर्दशनबारे आफुलाई थाह नभएको र बैठकमा कार्यपालिका सदस्य तथा वडाअध्यक्षहरु उपस्थित नहुनुको कारणबारे पनि अनुभिज्ञता प्रकट गरे । साथै उनले बैठक ७२ घण्टाभित्र बसाउन समन्वय र पहल भइरहेको पनि बताए । उनले सबैलाई जिम्मेवार हुनुपर्ने पनि बताए । वडा नं १५ का वडाअध्यक्ष एवं एमाले संसदीय दलका नेता नरेश इवारमले बैठकमा आउदै गर्दा वडाअध्यक्षहरुकै विरुद्धमा प्ले कार्डसहित जुलुस देखेपछि फर्किनुपरेको बताए । आफुहरुले मेयर, उपमेयरलाई सम्पर्क गर्दा पनि त्यसबारेमा कुनै जवाफ नपाएको र वडामा सेवाग्राहीको भिडभाड भएको कारण बैठकमा नगएको बताए । 

भिडियो: