धरान: गत बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा सामाजिक अभियन्ता हर्क साम्पाङ खानेपानीलाई प्रमुख एजेण्डा बनाएर मेयरमा निवार्चित भए ।

मेयर भइसके पछि उनी कहिले खानेपानीको मुहान क्षेत्रमा पुग्छन् भने कहिले पानीको स्रोत थप्न भन्दै खोलानाला खोज्दै हिड्छन् । कहिले बिग्रिएको वेल मर्मत गराउन निर्देशन दिन्छन्, र अनुगमन गर्न पनि पुग्छन् । उनका गतिविधिहरु हर्क साम्पाङ अ रिभलुसन पेजबाट नियमित अपडेट पनि हुन्छ । उनी धरानको मेयर भएको हैसियतले खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष पनि हुन् ।

मेयरको पदभार ग्रहण गरेलगत्तै एक्सनमा उत्रिएका साम्पाङबारे सबैलाई चासो छ । खानेपानीको चरम अभाव भागिरहेका धरानबासीहरुलाई मात्र होइन, देश विदेशमा रहेका नेपालीहरुले पनि उनको कार्यशैली, गतिविधिहरु र अभिव्यक्तिहरु नियालीरहेका छन् । आइतबारको दोस्रो कार्यपालिका बैठकमा वडाअध्यक्षहरुले खानेपानी अभावको एजेण्डालाई प्रमुखताका साथ उठाएका थिए । 

khanepani3

त्यसको जवाफ दिदै मेयर साम्पाङले खानेपानी आयोजनाको कन्सल्टेन्ट र निर्माण कम्पनीलाई बोलाएर खोजविन गर्न चाहेको भन्दै वडाअध्यक्षहरुको साथ मागेका थिए । सबै कार्यपालिका सदस्यहरुले ताली बजाएर उनलाई समर्थन दिएका थिए । साथै, पम्पहरु पनि बिग्रिएको र विराटनगरमा मर्मत गर्न लैजादा सामान नपाउने, भारतबाट मगाउनुपर्ने हुँदा एक महिना पर्खनु पर्दा पुर्णक्षमतामा पानी उत्पादन हुन नसकेको पनि बताए । पुराना पम्पहरु बिग्रेर ७ बर्षदेखि थन्किएकोले रिपेयर गर्ने र जगेडा पनि राख्नुपर्ने बताएका थिए ।

मेयर साम्पाङले भने जस्तै र सामाजिक सञ्जालहरुमा देखिए जस्तै खानेपानी उत्पादन र वितरण प्रणालीमा सुधार भइरहेको छ कि छैन ? यसैबारेमा खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक राजु पोख्रेलले मेयर राईको दीर्घकालिन लक्ष्य खानेपानी कोशीबाट ल्याउने भएपनि तत्कालको लागि जनतालाई राहत दिने गरि ३ वटा निर्देशन दिएको र सोही अनुसार धमाधम काम भइरहेको बताए ।

khanepani2

निर्देशक पोख्रेलका अनुसार बिग्रेको संरचना तुरुन्त बनाउने, लिकेज मर्मतहरु तुरुन्तै गर्ने र छेउछाउमा भएको सानातिना सतहको स्रोतहरु ल्याएर मिसाउने निर्देशन मेयर साम्पाङले दिएका छन् । ‘उहाँको यही निर्देशन अनुसार सवै वेलहरु बनायौं, अब सम्पुर्ण वेल सञ्चालनमा आउँछ,’उनले भने,‘लिकेजहरु पनि मर्मत गरेका छौं । सानातिना स्रोतहरु ल्याएर सिाउन २, ३ ठाउँमा गएर हेरेका पनि छौं ।’

निर्देशक पोखरेलका अनुसार लामो समयदेखि बिग्रेर बसेको ७ नम्बर वेल पनि बनाएर ल्याएको र फिटिङ कार्य भइरहेको छ । ‘यो पछि चै हाम्रो कुनै पनि वेल बिग्रेको छैन, सम्पुर्ण वेल सञ्चालनमा आउछ,’ उनले भने,‘अब हामीले स्पेयर राख्ने प्रक्रिया शुरु गरेका छौ । एउटा बिग्रयो भने बनाउन पठाउने र अर्को तुरुन्त हाल्ने भनेर नयाँ खरीद प्रक्रियामा पनि गएका छौं, र बिग्रेको पनि सबै बनाउन पठाएका छौं ।’

khanepani1

अभियन्ता साम्पाङ मेयर भएर आएपछि पनि आफुलाई सहज अनुभव भइरहेको उनले बताए । अभियन्ताको रुपमा हिड्दा खानेपानीको समस्याबारे मेयर साम्पाङ राम्रोसँग जानकार रहेको र आफुलाई फिटब्याक पनि दिइरहेको उनले बताए । ‘अभिभावककोूपमा उहाँले गर्नुभएको भुमिकामा पुर्णरुपमा सन्तुष्ट छुँ । जुन भुमिका निर्वाह गर्नुभयो सही तरिकाले गर्नुभएको छ, उहाँको प्रमुख एजेण्डा खानेपानी हो, र उहाँ सिरियस हुनहुन्छ,’पोखरेलले भने ।

भिडियो: