धरान: धरानमा आज (बिहिबार) साँझ करिब ५ बजे खुकुरी प्रहारबाट एक युवा गम्भीर घाइते भएका छन् ।

धरान १८ का २३ बर्षीय मन्दिप राईलाई खुकुरी प्रहार भएको हो । धरान ११ स्थित कुविर्ता चोकमा बोलाएर करिब ४र५ जनाको समुहले आक्रमण गरेको घाइते राईले बताए । उनका अनुसार तिमीसँग काम छ भनेर परिचित व्यक्तिले नै कुविर्ता चोकमा बोलाएका थिए । 

उनको शरीरको पछाडि ढाडमा ४, ५ स्थानमा गहिरो चोट छ । घाइतेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ भने आक्रमण गर्ने समुहको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।