ताप्लेजुङ: ताप्लेजुङको सिरीजंघा गाउँपालिका ७ ट्याम्फुमा पहिरोमा परी २ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । 

गए राती ११ बजे बर्षातको कारण गएको पहिरोले उधोग अधिकारीको ३ तले घर र गोठ पुरिएर पुर्णरुपमा क्षति भएको छ । पहिरोले घर किचिदा अधिकारीको श्रीमती ५७ बर्षीया तुलसा अधिकारी र बुहारी ३४ बर्षीया यशोधा अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, ३५ बर्षीय छोरा बिष्णु अधिकारी घाईते भएका छन् । घटनास्थलमा तत्काल प्रहरी चौकी खेवाङबाट प्रहरी टोली खटिएर घाइतेको उद्दार गरेको थियो । 

घाइते अधिकारीलाई उपचारको लागि नेपाली सेनाको हेलीकप्टरबाट कोशी अस्पताल बिराटनगर पठाईएको प्रहरीले जनाएको छ । साथै, दुवै शवलाई जिल्ला अस्पताल ताप्लेजुङ ल्याईएको छ । थप उद्दार कार्यको लागि इलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी निरीक्षक सहितको टोलीसमेत खटिएको छ ।