धरान:  धरानको वडा नं १४ प्रमुख धार्मिक पर्यटकीयस्थल हो । यहाँ बुढासुब्बा, दन्तकाली, पिण्डेश्वर र पञ्चकन्या जस्ता पौराणिक महत्वका मठमन्दिरहरु छन् । 

एउटै वडामा र आसपासमा नै भएपनि धरानको बजार क्षेत्र हुदै मन्दिरसम्म पुग्न पर्यटकहरुलाई निक्कै अलमल हुने गर्छ । धरानलाई पर्यटनको केन्द्र बनाउने लक्ष्य राखिए पनि बाहिरबाट आएका पर्यटकहरुलाई गन्तव्यमा पुर्याउन आवश्यक जानकारी तथा सुचना दिने संयन्त्रको अभावले पर्यटकहरुले समस्या भोग्दै आएका थिए । धरानमा कति पर्यटकहरु आउछन् भन्ने पनि कुनै तथ्यांक थिएन । 

अहिले भने विजयपुरका मठमन्दिर घुम्न तथा दर्शन गर्न आएका पर्यटकहरुलाई कुनै समस्या छैन । विजयपुर चोकस्थित वडा कार्यालयसँगै पर्यटन सुचना केन्द्र सञ्चालनमा आएको छ । घुम्न तथा दर्शन गर्न पुगेका पर्यटकहरुलाई कुनै समस्या आउन नदिन केन्द्रबाट सबै जानकारीहरु दिइने गरिएको छ । विजयपुरमा दैनिक कति पर्यटकहरु आए भन्ने तथ्यांक पनि राखिन थालिएको छ । त्यहाँ धरान उपमहानगरपालिकाका तथ्यांक सहायक पनि राखिएको छ ।

paryatan-suchana

तथ्यांक सहायक मिलन बस्नेतका अनुसार दैनिक २, ३ सयको हाराहारीमा पर्यटकहरु विजयपुर आइरहेका छन् । उनीहरुलाई मठमन्दिरकोबारेमा जानकारी, खान र बस्नको लागि होटलहरुकोबारेमा पनि जानकारी दिइनेछ भने ब्रोसर र पुस्तक पनि वितरण गरिन्छ । पर्यटकहरु आफै पनि सुचना केन्द्रमा आएर संख्या टिपाउने, जानकारी लिने गरेको उनले बताए ।

वडाअध्यक्ष कृष्णप्रसाद भट्टराईले पर्यटकहरुलाई अतिआवश्यक देखेर केन्द्र स्थापना गरिएको बताए । प्रदेश सांसद चन्द्रप्रसाद श्रेष्ठको संसद विकास कोषबाट आएको बजेटले केन्द्रको भवन बनाएर उपमहानगरबाट कर्मचारी पनि राखिएको उनले बताए । ‘पर्यटकहरुलाई धेरै फाइदा पुगेको छ । कतिले सामान छोडेका हुन्छन्, फोन गरेर भन्नुहुन्छ, र हामी राखिदिन्छौं । पछि आफन्त आएर लैजानुहुन्छ,’उनले भने,‘यहाँ आउनेहरुलाई पुस्तक, रुद्राक्षको माला पनि लगाई दिन्छौं ।’ सुचना केन्द्र धरानको प्रदेशद्धारमा नै राखेर पर्यटकहरुलाई सेवा दिनुपर्ने पनि उनले बताए । 

भिडियो:

krishna-bhattai

paryatan