धरान: गएको स्थानीय तह निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धन बनाएको धरानका राजनीतिक दलहरुको संयन्त्रले मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्र बेघालाई शुक्रबार भेट गरेको छ ।

मेयर साम्पाङ र उपमेयर बेघालाई भेटेर संयन्त्रले विभिन्न २१ वटा शिर्षकमा नीति तथा कार्यक्रम र बजेटले उच्च प्राथमिकताका साथ सम्बोधन गर्न माग गरेको छ । गठबन्धनको संयन्त्रले पहिलो प्राथमिकता खानेपानीलाई दिन आग्रह गर्दे विद्यमान उत्पादन र वितरण प्रणालीलाई सुधार गर्ने, श्रोतको पहिचान र संरक्षण गर्ने तथा दीर्घकालिन योजनाका लागि आवश्यक पर्याप्त बजेटको व्यवस्था गर्न अनुरोध गरेको छ।

यस्तै, दोस्रो बुँदामा धरान ८ मा निर्माणाधिन बसपार्कको निर्माण कार्य सम्पन्न गर्न आवश्यक बजेट व्यवस्था गर्न अनुरोध गरिएको छ । तेस्रो बुँदामा वीपी प्रतिष्ठानको सेवा प्रवाहमा गुणस्तरीयता र प्रभावकारिता ल्याउन ठोस नीति तथा कार्यक्रम तर्जुमा गर्न साथै छाताचोकस्थित पुरानो अस्पताल परिसरमा प्रतिष्ठानसँगको सहकार्यमा ल्याब र रेडियोलोजी सेवासहित जनरल ओपिडी सेवा पनि सञ्चालन गर्न आग्रह गरिएको छ । 

गठबन्धनले अव्यवस्थित सुकुम्बासी बस्ती, पार्क, निःशुल्क स्वास्थ्य विमा, बहुजातीय संग्रहालय, धार्मिक क्षेत्र, खेलकुद, पर्यटन, शिक्षा, जिल्ला ट्राफिक कार्यालय धरान, हाइटेन्सन लाइन, सडक, साहित्य कला, सास्ँकृति तथा संगीत, सरसफाई, कर र कर प्रणाली, दाहसँस्कार तथा समाधिस्थल, व्यवसायीहरुलाई अवसर, रोजगार नीति र सहकारी गरि २१ वटा शिर्षकमा नीति तथा कार्यक्रम र बजेटमा सम्बोधन गर्न आग्रह गरिएको छ । 

gathabandan

gathabandan2

gathabandan3

gathabandan4

gathabandan5