धरान: समयमै नीति तथा कार्यक्रम अध्ययन गर्न नदिइएको भन्दै वडाअध्यक्षहरुले समय माग गरेपछि बुधबार हुने भनिएको धरानको नगरसभा सरेको छ । 

आज (मंगलबार) भएको कार्यपालिका बैठकमा नगरसभामा प्रस्तुत गरिने नीति तथा कार्यक्रम प्रमुख एजेण्डा रहेको थियो । झण्डै डेढ घण्टा ढिला गरि शुरु भएको कार्यपालिका बैठकमा पत्रकारहरुलाई लाइभ गर्न दिइएको थिएन । एक बोर्ड सदस्यका अनुसार उपमेयर अइन्द्रबिक्रम बेघाले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि वडाअध्यक्ष, कार्यपालिका सदस्यहरुलाई अध्ययन गर्न नदिइएकोले २ दिन अध्ययनको समय माग भएको थियो । 

सबैको माग वमोजिम २ दिन अध्ययन गर्न समय दिने निर्णय भएको ती बोर्ड सदस्यले जानकारी दिए । अब बुधबार हुने भनिएको नगरसभा स्थगित भएको छ, र असार १० गते हुने भएको छ । उपमहानगरपालिकाले यसपाली पहिला ८ गते नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र १० गते बजेट प्रस्तुत गर्ने योजना बनाएको थियो । तर उपमहानगरको नेतृत्व र प्रमुख प्रशासकीय अधिकृतबीच आवश्यक समन्वय नहुदा प्रभावित हुन पुगेको बोर्ड सदस्य बताउँछन् ।

ती बोर्ड सदस्यका अनुसार अब असार ९ गते बिहान ८ बजे कार्यपालिका बैठक बसेर नीति तथा कार्यक्रम, बजेट सिलिङ, आर्थिक विधेयक, विनियोजन विधेयकबारे छलफल हुनेछ, र १० गते नगरसभामा प्रस्तुत हुनेछ । बैठकले भुउपयोग परिषद गठन गर्ने पनि निर्णय गरेको छ । नगर प्रमुख संयोजक रहने, सबै कार्यपालिका सदस्यहरु परिषदको रहने र प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहने गरि परिषद गठन गर्ने निर्णय भएको छ ।

भिडियो: