ईलाम: ईलामको माङसेबुङ गाँउपालिका २ दहगाँउस्थित भित्री सडक खण्डमा बुलेरो दुर्घटनाबाट ३ जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा पाँचथर मिक्लाजुङ गाँउपालिका ५ का ६५ बर्षीय हिम प्रसाद लावती, ६० बर्षीया पदम कुमारी लावती र ईलाम माङसेबुङ गाँउपालिका ६ का ५० बर्षीय प्रकाश राई रहेका छन् । आज दिउसो १२ बजे पाँचथरको रबिबाट झापाको दमकतर्फ जादै गरेको मे १ ज ४८७ नम्बरको बोलेरो गाडी सडकबाट करिब २०० मिटर तल खसेको थियो । 

सो दुर्घटनामा परी हिम प्रसाद र पक्राशको घटनास्थलमानै मृत्यु भएको थियो भने पदम कुमारीको उपचारको लागी दमक अस्पताल लादै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । बोलेरो चालक तत्काल फरार रहेकोले खोजतलास तथा घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।