धरान : भुमि र बास अधिकारको लागी महिलाहरु पदयात्रामा निस्केका छन् । 

नेपाल महिला एकता समाजको आयोजनामा धनकुटादेखी पदयात्रा सुरु भएको हो । धनकुटाबाट सुरु भएको महिलाहरूको पदयात्रा सुनसरी हुँदै बिराटनगर भुमी मन्त्रालय पुगेर मागपत्र पेश गर्ने समाजकी सुनसरी जिल्ला सल्लाहकार सीता मगरले बताइन् । झापा र मोरङबाट पनि पदयात्रामा महिलाहरू मिसिएर संयुक्तरुपमा मन्त्रालय पुग्ने उनले जानकारी दिइन ।