धरान: पकुवा खोलाबाट पानी ल्याउन धरानबासीहरुले श्रमदान गरिरहेको १५ औं दिनमा हिजो शनिबार माओवादी केन्द्रका नेता मुक्साहाङ मेन्याङ्बो (मुकेश) पनि श्रमदान गर्न पुगे । 

उनले पकुवा खोलामा पुगेर विरुवा रोपे भने झण्डै डेढ घण्टाजति ढुंगा ओसार्न पनि सहयोग गरे । माओवादी केन्द्रका प्रदेश नं १ सचिवालय सदस्य मेन्याङ्बोले श्रमदान गरिरहदा विगतमा जनयुद्धकालमा गरेको श्रमलाई पनि सम्झिएको बताए । उनी माओवादी आन्दोलनमा भुमिगतकालमा योगदान दिएका नेता हुन् । 

muksahang

मेयर साम्पाङको योजना र जनताले गरेको श्रमदानबाट आफु पनि प्रभावित भएर थप हौसला दिन आएको उनको भनाई छ । जुनै पार्टी वा विचारको भएपनि राम्रो काममा साथ, सहयोग गर्नुपर्ने उनले बताए । आफु निरन्तर आउने र पार्टीका नेता, कार्यकर्ताहरुलाई पनि आउन आह्वान गर्ने नेता मेन्याङ्बोले बताए । 

भिडियो: