धरान: धरानको वडा नं १, २, ३ र १२ का बासिन्दाहरुलाई बाँदरले धेरै सताउने गरेको छ । घरभित्र पसेर खाद्यान्न, लत्ताकपडा नष्ट गर्ने मात्र होइन, मानिसलाई नै आक्रमण पनि गर्छ ।

विजयपुर क्षेत्रको जंगलमा बासस्थान रहेका ती बाँदरहरुको उपद्रो यति बढ्यो कि धरान बजार क्षेत्रका बासिन्दाले संघर्ष समिति नै गठन गर्नुपरेको थियो । उपमहानगरले एक पटक बाँदर समात्ने व्यक्तिहरु ल्याएर अन्तै जंगलमा छोडेपनि संख्या कम भएन । अहिले भने मेयर हर्क साम्पाङले धरानका बाँदरहरुलाई सहर आउन नदिने नयाँ जुक्ति निकालेका छन् ।

विजयपुरको जंगलका बाँदरहरु आफ्नो आहाराको खोजीमा बजार क्षेत्रमा आउने गरेको मेयर साम्पाङको निष्कर्ष छ । त्यसैले ती बाँदरहरुलाई उनकै बाँसस्थानमा रोकेर राख्न विभिन्न प्रजातिका फलफुलहरु उपलब्ध गराउने मेयर साम्पाङको योजना हो । यसको लागि उनले पञ्चकन्या जंगल क्षेत्रमा फलफुलका विरुवाहरु रोप्न सर्वसाधारणहरुलाई आह्वान गरेका छन् ।

plant-panchakanya7

उनको आह्वान वमोजिम नै आज बिहान पञ्चकन्या जंगल क्षेत्रमा सयौं धराने जनताहरुले विभिन्न फलफुलका विरुवाहरु रोपेका छन् । ती विरुवालाई अब वडा कार्यालयले संरक्षणमा ध्यान दिने वडा नं १४ का अध्यक्ष कृष्ण भट्टराईले बताए । उनले पनि बासस्थान भएको क्षेत्रमा नै आहारा पाएमा बाँदरहरु सहर बजारतिर नजाने बताए । 

मेयर साम्पाङले हरेक शनिबार सार्वजनिक विदाको दिन बिहान अलग अलग स्थानमा वृक्षरोपण कार्यक्रम गर्दे आएका छन् । त्यसैअन्तर्गत आज बिहान पञ्चकन्या जंगल क्षेत्रमा बाँदरलाई लक्षित गरेर फलफुलका विरुवाहरु रोपिएको हो । 

भिडियो:

plant-panchakanya2

plant-panchakanya9

plant-panchakanya8

plant-panchakanya

plant-panchakanya3

plant-panchakanya4

plant-panchakanya6

plant-panchakanya5