धरान: शनिबार सार्वजनिक विदाको दिन । देशभरका जनप्रतिनिधिहरु शनिबार कहाँ के गर्छन् भन्ने जानकारी कमै पाइन्छ । तर, धरानका मेयर हर्क साम्पाङ भने हरेक शनिबार जनताकै लागि पसिना चुहाउदै श्रम गरिरहेका भेटिन्छन् ।

मेयरमा निवार्चित भएयता उनले प्रत्येक शनिबार बिहानै वृक्षरोपण गदै आएका छन् । त्यसपछिको समय उनी धरान २० स्थित पकुवा खोलाको पानी वडा नं ११ र १७ का बासिन्दालाई खुवाउने गरि भइरहेको काममा खर्चन्छन् । जस्तो, आज बिहान उनले वडा नं १४ स्थित पञ्चकन्या जंगलमा फलफुलका विरुवा रोपे । त्यसपछि उनी हान्निए, पकुवा खोलाको पानी ल्याउन पाइप विछ्याउने काम भइरहेको स्थानतर्फ ।

pakuwa-vir2

अहिले वडा नं ११ को सिमाना रहेको सर्दु खोला पारी पट्टी खानेपानीको पाइप विछ्याउने काम भइरहेको छ । ठुलो भीर भएको कारण पाइप विछ्याउने काम निक्कै कठिन छ । तरपनि धरानका युवाहरुको जोश र जाँगर कम भएको छैन । उनीहरु डरलाग्दो र जोखिमपुर्ण भीरमा पनि काम गरिरहेका छन् । 

आज शनिबार मेयर साम्पाङ पनि सोही स्थानमा पुगे । उनी पनि जनतासँगै भीरमाथि पुगेर पाइप विछ्याउने र तारले बाँधेर झुण्ड्याउने काममा खटिए । त्यसक्रममा उनी एक पटक भीरमा चिप्लेर पनि लडेका थिए । पहिरोले पाइपलाई क्षति नपुगोस् भनेर तारले बाँधेर पाइपलाई रुखमा झुण्ड्याइएको छ । पकुवामा इन्टेक ट्यांकी निर्माण भइसकेको छ भने पाइप विछ्याउदै आइरहेको ठाउँसम्म पानी परीक्षण पनि भइरहेको छ । 

भिडियो:

pakuwa-vir9

pakuwa-vir4

pakuwa-vir5

pakuwa-vir6

pakuwa-vir1

pakuwa-vir3

pakuwa-vir

pakuwa-vir10