ताप्लेजुङ: ताप्लेजुङको फुङ्लिङ नगरपालिका ९ मा कुटपिटबाट श्रीमतिको मृत्यु भएपछि श्रीमान् पक्राउ परेका छन् । 

प्रहरीका अनुसार हिजो (शुक्रबार) बेलुका ५ बजे फुङ्लिङ ९ का ६५ बर्षीय बल बहादुर साँवाले आफ्नै श्रीमती ५४ बर्षीया कान्छीमाया लिम्वुलाई घरायसी वादविवादमा कुटपिट गरेका थिए । कुटपिट हुँदा कान्छीमायाको घटनास्थलमा नै मृत्यु भएको थियो ।

घटनाको जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी निरीक्षकको टोली खटिएको थियो । प्रहरीले कुटपिट गर्ने साँवालाई पक्राउ गरेको छ भने मृतकको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल पठाइएको छ । साथै घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।