धरान: चिल्ड्रेन ट्यालेन्ट हन्ट–२ को ग्राण्ड फिनाले शनिबार धरान–१५ स्थीत चुम्लुङ हिममा सम्पन्न भएको छ । 

विद्यालयमा अध्ययनरत बालबालिकाहरुको अन्तर निहित प्रतिभालाई पहिचान गरि उनीहरुको प्रतिभालाई निखार्न तिखार्न विभिन्न तालिम प्रदान गरि प्रतिभालाई प्रस्फुटन गर्न उचित मन्च प्रदान गर्ने उदेश्यले गरिमा डान्स सेन्टर धरानले ‘‘चिल्ड्रेन ट्यालेन्ट हन्ट–२’’ आयोजना गरेका हो । 

ग्राण्ड फिनालेबाट सिनियर तर्फको विजेता विष्णु मेमोरियल सेकेन्डरी बोडिङ स्कुलकी अन्वेषा राई जुनियर तर्फ विजेता मेरी गोल्ड स्कुलका नुवाहाङ लिम्बु भएका छन् । सिनियर र जुनियर तर्फको विजेताले नगद ५० हजार, क्राउन, ट्रफी, बुके, प्रमाण–पत्र, गरिमा डान्स सेन्टर धरानको तर्फबाट एक वर्ष निःशुल्क नृत्य सिक्ने अवसर प्राप्त गरेका छन् । 

यसैगरी सिनियर तर्फको फस्ट रनरअप विष्णु मेमोरियल सेकेन्डरी बोडिङ स्कुलकी सभ्यता लिम्बु र जुनियर तर्फ सुनाखरी एकेडेमीकी एलिना मास्के भए । सिनियर र जुनियर तर्फको फस्ट रनर अपले नगद २० हजार, क्राउन, ट्रफी, बुके, प्रमाण–पत्र, गरिमा डान्स सेन्टर धरानको तर्फबाट छ महिना निःशुल्क नृत्य सिक्ने अवसर प्राप्त गरेका छन् । 

सेकेन्ड रनरअप सिनियर तर्फबाट युरेका रेसिडेन्टिएल सेकेन्डरी स्कुलकी राहिना चौधरी र जुनियर तर्फ धरान आदर्श बोर्डिङ स्कुलकी सोमिया राई घोषित भएका छन् । सिनियर र जुनियर तर्फको सेकेन्ड रनर अपले नगद १५ हजार, क्राउन, ट्रफी, बुके, प्रमाण–पत्र, गरिमा डान्स सेन्टर धरानको तर्फबाट छ महिना निःशुल्क नृत्य सिक्ने अवसर प्राप्त गरेका छन्। 

talent-hunt1

यसैगरी अन्य उपाधीहरुमा सिनियर तर्फबाट बेष्ट पङ्चुवालिटी आईस्मा राई, मोष्ट ट्यालेन्ट रोईना चौधरी, मोष्ट डिसिप्लिन र वेष्ट पर्सन्यालिटी शुसील याक्खा, वेष्ट एक्टिभ समृद्धि तामाङ, वेष्ट फ्रेन्डसीप सम्यता लिम्बु, वेष्ट क्याटवाक, वेष्ट फोटो जेनिक ईशा रसाईली, मोस्ट व्युटीफूल मिस्टी श्रेष्ठ, बेष्ट ईम्प्रुभमेन्ट समिक्षा राजधामी, वेष्ट पब्लिक चोईस र ड्रेसअप अन्वेषा राई, बेष्ट फिजिक्स एलिना राजधामी, वेष्ट स्माईल आयुष्मा तामाङ, बेष्ट मेकअप एलिसा राजधामी भए । 

यसैगरी जुनियर तर्फ उपाधीमा बेष्ट पङ्चुवालिटी टेनिसा गक्षदार, मोष्ट ट्यालेन्ट र बेष्ट ड्रेसअफ टिका मगर, यसैगरी अर्को मोष्ट ट्यालेन्ट नुवाहाङ लिम्बु, मोष्ट डिसिप्लिन पलक श्री बस्नेत, वेष्ट एक्टिभ दिक्षान्त याक्खा, वेष्ट फ्रेन्डसीप स्मृति लिम्बु, वेष्ट क्याटवाक र वेष्ट स्माईल सोमिया राई, बेष्ट व्युटिफूल हाङ्मा राई, बेष्ट ईम्पुभमेन्ट काजुमी श्रेष्ठ, पब्लिक चोईस मानबी चौधरी, बेष्ट फिजिक्स सिवानी राई, बेष्ट पर्सन्यालिटी प्रमिशा राई, बेष्ट फोटो जेनिक स्मृति लुईटेल, बेष्ट मेकअप एन्जल लिम्बु र बेष्ट मेकअप आर्टिस संगीता लिम्बु घोषित भए । ग्राण्ड फिनालेको प्रमुख निर्णायक दोर्पध्वज राई र निर्णायकहरुमा जनकऋषि राई, एनिस रेग्मी र ललित राई रहेका थिए । 

उक्त ट्यालेन्ट हन्टमा धरानको १७ वटा विद्यालयका ३० जना बालबालिकाहरुले सहभागिता जनाएको गरिमा डान्स सेन्टर धरानको प्रबन्ध निर्देशक एवं नृत्य निर्देशक मणिकुमार लिम्बुले बताएका छन् । निर्देशक लिम्बुका अनुसार ती बालबालिकाहरुलाई गत असार ११ देखि १३ सम्म धरान ९ आचार्य लाईन स्थीत गरिमा डान्स सेन्टरको कार्यालयमा अडिशन गरि छनौट गरिएको थियो । यसैगरी ती छनौट भएको बालबालिकाहरुले असार १४ गते देखि साउन ६ गते सम्म नृत्य, क्याटवाक–र्याम्पवाक, पब्लिक स्पीकिङ, हेल्दी डाईट, आत्मरक्षा, सरसफाई, सामाजिक उत्तरदायित्व, गुड टच ब्याड टच, ईलोक्ट्रोनिक सामानको असरलगायतको जीवन उपयोगी तालिम सम्बन्धीत बिज्ञबाट समेत प्रदान गरिएको थियो ।