धरान: धरानका खेलकुदकर्मीहरुले उपमहानगरपालिकाका ४ जना करारका खेलकुद प्रशिक्षकहरुलाई नहटाउन माग गरेका छन् । 

उनीहरुले आइतबार र सोमबार (आज) निरन्तर मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघालाई भेटेर यस्तो माग गरेका हुन् । राष्ट्रिय तथा अन्तराष्ट्रिय पदक विजेता खेलाडीहरुले आफ्नो ज्ञान धरानका नयाँ पुस्तालाई प्रशिक्षण दिएर हस्तान्तरण गरिरहेको साथै खेलकुदमा जीवन समर्पण गरेका खेलाडीहरुलाई सम्मान गर्नुपर्नेमा जागिरबाट निकाल्न लागेको भन्दै खेलकुदकर्मीहरु असन्तुष्ट छन् । उनीहरुले खेलाडीहरुको अपमान हुने गरि नहटाउन पनि मेयर साम्पाङलाई आग्रह गरेका छन् ।

harka 2

यता मेयर साम्पाङ तथा उपमेयर बेघाले प्रशिक्षकहरुको कामको मुल्यांकनको आधारमा थप निर्णय लिइने बताए । उपमेयर बेघाले प्रशिक्षकहरुले प्रशिक्षण दिइरहेको स्थलको अनुगमन गर्ने र थप निर्णय लिइने समझदारी भएको बताए । मेयर साम्पाङले पनि हाजिर नगराइएको १८ जना मध्ये प्राविधिक इञ्जिनियर ८ जना करार कर्मचारीहरुलाई लोकसेवा आयोगबाट स्थायी दरबन्दी आएपछि विदा दिने सर्तमा करार नवीकरण गरेको जानकारी दिए । यस्तै, खेलकुद प्रशिक्षकको हकमा उनीहरुको कामको स्थलगत अनुगमन गरेर मात्र निर्णय लिने पनि मेयर साम्पाङले बताए । 

भिडियो: