विराटनगर: प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई र श्रीमति शोभा पाठकसहित ३ जनालाई कोभिड संक्रमण भएको छ । 

मुख्यमन्त्री राई, उनकी श्रीमति शोभा पाठक र मुख्यमन्त्रीको राजनीतिक सल्लाहकार जीवन राईलाई संक्रमण पुष्टि भएको हो । मुख्यमन्त्रीका प्रेस सल्लाहकार बन्धु पोखरेलका अनुसार मुख्यमन्त्री राईको परिवार, सचिवालयका सदस्यहरू, निवासका सुरक्षाकर्मी, कर्मचारीहरूलगायत १६ जनाको साउन १६ गते पीपीआर परीक्षण गरिएको थियो । उक्त परीक्षणको रिपोर्टमा मुख्यमन्त्रीसहित तीन जनामा कोभिड संक्रमण देखिएको हो । 

संक्रमण देखिएको तीनै जनाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको पनि प्रेस सल्लाहकार पोखरेलले जानकारी दिए । कोभिड संक्रमणका कारण मुख्यमन्त्री राईको भेटघाटलगायत सबै कार्यक्रम हाललाई स्थगित गरिएको पनि प्रेस सल्लाहकार पोखरेलले जानकारी दिएका छन् ।