धरान: धरानमा साढे ३ करोड लगानीमा बिशेषज्ञ सेवासहितको आई केयर सेन्टर खुलेको छ । 

धरान १० पुतलीलाइनमा मञ्जुश्री सुपर स्पेश्यालिटी आई केयर सेन्टर प्रालि खुलेको हो । उक्त प्रालिको बुधबार एक समारोहबीच प्रदेश नं १ का सभामुख प्रदिपकुमार भण्डारीले उद्घाटन गरेका छन् । विगत २५ बर्षदेखि सञ्चालनमा रहेको मञ्जुश्री पोलिक्लिनिक एण्ड डायोग्नोष्टिक सेन्टर प्रालिले आँखा उपचारको पनि थप सेवा विस्तार गरेको हो । 

वीपी प्रतिष्ठानबाहेक धरानमा आँखाको राम्रो बिशेषज्ञ सेवासहितको उपचार सेवा उपलब्ध नभएको कारण आँखा अस्पतालको शुरुवात गरिएको सञ्चालक विकास खड्काले जानकारी दिए । शुरुवाती चरणमा एक जना बिशेषज्ञ डाक्टरसहित १० जना कर्मचारी रहेको पनि उनले बताए । 

manjushree2

मेची अस्पतालका वरिष्ठ डाक्टरबाट ओपिडी सेवादेखि अप्रेसनसम्मको सबै सुविधा उपलब्ध रहेको पनि सञ्चालक खड्काले जानकारी दिए । यसले विराटनगरको निजी अस्पताल हुने उपचार खर्च भन्दा ५ देखि १० प्रतिशत कम खर्च हुने पनि उनले बताए । सेन्टरमा सातै दिन बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सेवा उपलब्ध हुने पनि उनले बताए । यस्तै, सुविधासम्पन्न ल्याब सेवा पनि सोही भवनमा शुरुवात भएको खड्काले जानकारी दिए । 

गुणस्तरीय उपचार सेवा दिनुपर्छं: सभामुख भण्डारी

manjushree1

प्रदेश नं १ का सभामुख प्रदिपकुमार भण्डारीले गुणस्तरीय उपचार सेवा प्रदान गर्न आग्रह गरेका छन् । गुणस्तरीय उपचार सेवा पाएमा विश्वास जित्ने भन्दै सभामुख भण्डारीले विरामीहरुसँग राम्रो बोली, व्यवहार गर्न पनि डाक्टर तथा कर्मचारीहरुलाई आग्रह गरेका छन् ।

उनले सबै नाफामुखी मात्र नभएर सेवामुखी पनि भएर स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन आग्रह गरे । आधा उपचार डाक्टर, कर्मचारीको बोली वचनले नै निको हुने भन्दै सभामुख भण्डारीले शिष्ट व्यवहार, मिठो बोली आवश्यक हुने बताए । 

manjushree3

सुनसरी क्षेत्र नं १ का सांसद जयकुमार राईले जीवन बच्यो भने मात्र सेवा सुविधा उपभोग गर्न पाइने भन्दै स्वास्थ्य महत्वपुर्ण भएको बताए । स्वास्थ्यलाई प्राथमिकता राख्नुपर्ने धारणा राख्दै सांसद राईले सरकारको प्रमुख दायित्व भएपनि निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने बताए । सरकारले शिक्षा, स्वास्थ्य धान्न नसकिरहेको कारण निजी क्षेत्रलाई पनि प्रोत्साहित गर्नुपर्ने स्थिति बनेको उनले बताए । 

धरानलाई सडक सञ्जालले जोड्ने काम भइरहेको भन्दै उनले स्वास्थ्योपचारमा कोशी पारीबाट पनि आउन थालेको बताए । मदन भण्डारी राजमार्गको विस्तारले अब पुर्वतर्फ लेटांग, केराबारीबाट पनि उपचारको लागि धरान आउने वातावरण तयार हुने उनले बताए । 

भिडियो: