धरान: पुर्वउपमेयर एवं एमाले नेतृ मञ्जु भण्डारीले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङविरुद्ध साइबर ब्युरोमा उजुरी  दिएकी छिन् । 

मेयर साम्पाङको आधिकारिक फेसबुक पेज हर्क साम्पाङ अ रेभुलेसनबाट आफ्नो फेक आइडि बनाएर सामाजिक तथा जातीय सद्भावमा चोट पुग्ने गरि पोष्ट भएको स्क्रिन सटलाई सम्प्रेषण गरेको भन्दै साइबर ब्युरोमा उजुरी दिएकी हुन् । उनले आफुले आजै साइबर ब्युरोमा उजुरी दिइसकेको जानकारी दिइन् । मेयर साम्पाङले पोष्ट गरेको उक्त स्क्रिन सर्टमा उल्लेख भएको आइडि आफ्नो नभएको र फेक आइडि सृर्जना गरेको पनि भण्डारीले प्रष्टीकरण दिइन् । 

manju-cyber

उनले आफु कहिल्यै पनि सामाजिक सद्भाव तथा जातीय सद्भाव खलबलाउने कार्य नभएको दाबी गर्दै मेयर साम्पाङले जातीय द्धन्द निम्त्याउने किसिमको बिषय वस्तु राखी फेक आइडि जेनेरेट गरी जातीय र साम्प्रदायिक हिंसा भड्काउने उत्तेजनात्मक अभिव्यक्तिसहितको फोटो सामग्री उत्पादन गरि मेयर साम्पाङले पोष्ट गरेकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको पनि बताइन् । उनले बराह पीडित संघर्ष समितिको संयोजक खगेन्द्र नेपालीसँग आफु र नेकपा एमालेलाई जोडेर वास्तविक पिडीतहरुको आन्दोलनलाई राजनीतिकरण गरी डाइभर्ट गर्न खोजेको पनि बताइन् । 

मेयर साम्पाङविरुद्ध मुद्दा हालिरहन नपरोस् भनेर आफुले पहिलो पटक सचेत गराएको भन्दै उनले त्यसलाई अझ प्रतिकार गर्दै आफ्नो फेक आइडि बनाएर पोष्ट आएपछि बाध्य भएर साइबर ब्युरोमा मुद्दा दिनुपरेको बताइन् । अपराधिक घटना भएको र अन्य पीडित नहोस् भनेर प्रमाणसहित आफुले मुद्दा दिएको उनले बताइन् । कानुनभन्दा माथि कोही पनि छैन भन्ने हिसाबले मुद्दा दर्ता गरेको उनले बताइन् । 

भिडियो: