धरान: भोजपुर जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा एवं माओवादी केन्द्रका नेता सुदन किराती पनि मेयर हर्क साम्पाङको अभियानमा साथ दिन धरान आएका छन् ।

उनले शनिबार बिहान सर्दु खोला क्षेत्रमा वृहत वृक्षारोपण कार्यक्रममा सहभागिता जनाएका छन् । मेयर साम्पाङले नेपालमा श्रम सँस्कृतिको शुरुवात गरेको भन्दै उनले प्रशंसासमेत गरे । साथै, नेपाली राजनीतिमा श्रम सँस्कृतिको विकास गर्न आवश्यक भएको पनि उनले बताए ।

sudan1

मेयर साम्पाङले देखाएको बाटो सबैले अनुसरण गर्नुपर्ने भन्दै उनले धरानबाट सिक्न पनि सबै जनप्रतिनिधिहरुलाई आह्वान गरे । मेयर साम्पाङसँग पनि भेट गरेका सांसद किरातीले केही सुझावहरु पनि दिएका थिए । साम्पाङले पनि सुझाव ग्रहण गर्दै सांसद किरातीलाई धन्यवाद दिएका थिए । 

भिडियो: