धरान: गएको आइतबार बराह सहकारी पीडित संघर्ष समितिले धरान उपमहानगरपालिकामा मेयर हर्क साम्पाङविरुद्ध चर्को नाराबाजीमात्र गरेन, उनको कार्यकक्षको सिसा पनि फुटाइदिए । यो घटना पछि धरानमा हल्ला चल्यो, अब मेयर साम्पाङको विभिन्न अभियानमा ब्रेक लाग्ने भयो । उनका आलोचकहरु खुशी थिए ।

वास्तविकता भने भिन्न छ । हिजो शुक्रबार र आज शनिबार मेयर साम्पाङको सामाजिक जनचेतना र विकासको अभियानमा जनताको उपस्थितिले उनका आलोचकहरुलाई पुनः निराश बनाएको छ । हिजो भूपू भारतीय सैनिकहरुको साथ, हङकङबाट आएको सहयोग र बरगाछीमा लागुऔषधविरुद्धको अभियानमा विगतकै जस्तो साथ, समर्थन देखियो भने आज बिहान सर्दु खोला क्षेत्रमा वृहत वृक्षारोपण अभियानमा मानिसहरुको उपस्थिति उत्साहजनक थियो । 

sardu5

वृक्षरोपण अभियानमा भोजपुरबाट प्रतिनिधिसभामा निवार्चित सांसद सुदन किरातीदेखि वरिष्ठ गायक दिप श्रेष्ठ पनि सहभागी भए । यस्तै, धरानका सहकारीहरु पनि संस्थागतरुपमा नै ठुलो संख्यामा वृक्षरोपण कार्यक्रममा सहभागीता जनाएका थिए । यस्तै, विभिन्न विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीहरु पनि सहभागी थिए । कतिपय व्यक्तिहरुले वृक्षरोपण अभियानकै क्रममा आर्थिक सहयोगसमेत गरे । 

भिडियो:

sardu8

sardu6

sardu7

sardu3

sardu4

sardu2

sardu1