धरान: कार्यपालिका बैठकले निर्णय गरेअनुसार धरान २० बाँनियाटारमा जलकुण्ड बनाउन सम्भाव्यता अध्ययनको प्रारम्भिक चरणको काम शुरु भएको छ । 

हिजो (सोमबार) योजना तथा इञ्जिनियरीङ महाशाखा प्रमुख वरिष्ठ इञ्जिनियर सुरज श्रेष्ठ, धरान खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक ईञ्जिनियर राजु पोखरेलसहितको टोलीले बाँनियाटारको फिल्ड भिजिन गरेका छन् । कार्यपालिकाबाट जलकुण्ड बनाउने प्रस्ताव पारित भएको र त्यसको लागि कतिको सम्भव छ भनेर फिल्ड भिजिट गरेको महाशाखा प्रमुख श्रेष्ठले बताए । उनले त्यहाँको कति क्षमताको बन्न सक्छ, माटोको अवस्था कस्तो छ भनेर अध्ययन गर्नुपर्ने भएकोले फिल्ड भिजिट गरेको बताए । श्रेष्ठका अनुसार बाँनियाटारमा करिब २५ देखि ३० करोड लिटर पानी जम्मा गर्न सकिने अवस्था देखिएकोछ । डिपिआर बनाउनको लागि परामर्शदाताहरुसँग कुरा भइरहेको पनि उनले बताए । 

suraj-sth

खानेपानी बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलले बाँनियाटारमा जलकुण्ड बनेपछि हिउँदमा हुने पानीको समस्या कम हुने बताए । उनका अनुसार उक्त जलकुण्डमा सदुको पानी स्टोर गरेर राखिनेछ, र सुक्खायाम चैत, बैशाख, जेठमा वितरण हुनेछ । पानीको ज्यादै समस्या फागुन अनितमदेखि चैर र बैशाख, जेठ मध्यसम्म हुने र त्यो बेला जलकुण्डको ३० करोड लिटर पानीबाट दैनिक ५० लाख लिटर मात्र पठाउन सक्दा धेरै राहत पुग्ने पोखरेलले बताए । मेयर हर्क साम्पाङले सम्भाव्यता अध्ययन र डिपिआर पछि निर्माणको काम शुरु हुने बताए । जलकुण्ड बनाउन खानेपानी बोर्डको लगानी हुने साथै, प्रदेश र संघ सरकारलाई पनि सहयोगको आग्रह गरिएको मेयर साम्पाङले बताए । 

baniyatar