धरान: मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघाले सोमबार प्रदेश नं १ का खानेपानी मन्त्री रामकुमार राईलाई भेटेका छन् । 

मेयर साम्पाङ र उपमेयर बेघाले संयुक्तरुपमा नै विराटनगरमा मन्त्री राईसँग भेट गरेका हुन् । धरानको समग्र बिषयमा मन्त्री राईसँग छलफल भएपनि बिशेष गरि खानेपानी समस्यामा बढी केन्द्रीत भएको मेयर साम्पाङले जानकारी दिए । उनका अनुसार कोशीको पानी धरान ल्याउदा जलाशय बनाउने योजनाको लागि बजेट माग गर्दै मन्त्रीलाई निवेदन पनि दिइएको छ । 

water-mantri

मन्त्री राईले बजेटको लागि सकरात्मक प्रतिक्रिया दिएको पनि मेयर साम्पाङले बताए । ‘जलाशयको लागि सहयोग गर्नुपर्छ भनेर निवेदन दिन गएको हो, उहाँले तपाईहरुलाई निराश बनाउदैनौं भन्नुभएको छ,’मेयर साम्पाङले भने ।

हङकङ र युकेबाट पाइप सहयोग

मेयर साम्पाङको योजना अनुसार विभिन्न खोलाहरुबाट पानी संकलन गर्ने अभियानलाई हङकङ र युकेमा बसोबासरत धरानेहरुले सहयोग गरेका छन् । हङकङबाट लक्ष्मी वनेम लिम्बुको पहलमा संकलन भएको ८ हजार ३ सय हङकङ डलर (१ लाख ३७ हजार) पठाएकोमा १ लाख ३३ हजार ५ सय ४८ को खानेपानी पाइप खरिद गरेर हस्तान्तरण गरिएको छ भने बचेको पैसा जनश्रमदान गर्नेहरुलाई खाजाको लागि दिइएको छ । 

water-mantri1

यसैगरि, हाल युकेमा रहदै आएका धरान १० का पर्शुराम सम्बाहाम्फे लिम्बु, श्रीमति लक्ष्मी मेन्याङबो लिम्बु, छोरा विकास लिम्बु र बुहारीबाट १ लाख बराबरको पाइप पनि सहयोग आएको छ । उक्त पाइपहरु सोमबार धरानका मेयर साम्पाङलाई हस्तान्तरण गरिएको छ । उक्त पाइप तेजबहादुर वनेम र विकास लिम्बुमार्फत सहयोग आएको हो ।  मेयर साम्पाङले सहयोगीहरुलाई धन्यवाद दिदै सहयोगको सहीरुपमा सदुपयोग गर्ने बताए । साथै उनले निर्माण कार्य भइरहेको स्थानमा श्रमदान नगरे पनि काम अवलोकन गर्न आउन आह्वान पनि गरे । उनले धरानलाई विकाससँग र निकाससँग जोड्ने पनि प्रतिवद्धता जनाए । 

water-pipe 1

भिडियो: