धरान:  एएनटीएफको र्याप ब्याटलमा गाएको 'मिलेन लेबल तेरो' शब्दबाट रातारात सोसल मिडिया तथा बिसेश: टिकटकमा भाइरल भएपछि चर्चामा आएका जि-बब अर्थात् सुदिप भण्डारीको नयाँ अनअफिसियल गीत "सरी मम" एका एक चर्चामा आइरहेको छ भने सोसल मिडियामा पनि भाइरल भई रहेको छ।  

'सरी मम' गीतले जि-बबको धमाकेदार री-इन्ट्री संगै नेपहपको क्षेत्रमा सही गीतको रचना गरेको चर्चा चलेको छ।  अफिसियल रुपमा उनको ए मेरो हजुर- ४  को भाग-भाग, फ़ाइनलि भेटियो गीत मात्र आएको छ तर ती गीतहरुबाट उनले आफ्ना ब्याटलमा गाएका गीतहरु जति पनि प्रशंशा र भ्युज नपाएको देखिन्छ।

तर अहिले जि-बबले गर्ने कन्सर्टहरुमा गाएको 'सरी मम' गीतले निक्कै राम्रो प्रसंशा  फ्यानहरुको पाएका छन्।  केहि साता अघि मात्र आबुधाबीको कन्सर्टमा गाएको 'सरी मम' गीतको क्लिप्स युट्युब तथा टिकटकमा भाइरल भैरहेको छ।र मंगलबार मात्र यो गीतको अफिसियल भर्सन 'गार्हो बाटो' शिर्षकमा   एएनटीएफको  अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरियेको छ।  सार्वजनिक गरोएको केहि समयमा नै यस गीतले राम्रै भ्युज संगै राम्रो कमेन्टहरु समेत पाएको छ।  

g-bob1

केहि महिना अघि आफ्ना आमा-बाबासंगको मनमुटाव र पत्रकार सम्मेलनमा गरेको गैरजिम्मेवारपनबाट गुमाएको फ्यानहरुले यो गीत सुनेपछि पुन जि-बबप्रतिको आफ्नो क्रेज कायम रहेको उक्त गीतको भिडियोहरुमा गरेको राम्रो कमेन्टहरुबाट ठम्याउन सकिन्छ। गीतमा उनले आमा बिरामी हुँदा छोरा नाचिरहेको, नशाको कारण आफुले बोल्न नहुने कुरा बोलेको र सोहि कारण सबैले उनीमाथि औंला उठाएको बताएका छन्।  यो गीतमा आफ्नै कथा-व्यथा बताएको यो गीतको क्रेज अहिले प्रत्येक कन्सर्टमा 'मिलेन लेबल' गीत झैँ रहेको छ । यो गीतले लाउरेको 'बिरामी' गीत झैँ  सबैलाई भावुक बनाउने देखिन्छ।  

आज शनिबार धरानको पब्लिक हाईस्कुलको मैदानमा सिल्भर इन्टरटेनमेन्टको आयोजना हुने 'फुल भोल्युम कन्सर्ट' मा जि-बब 'मिलेन लेबल' र 'सरी मम' लगायतका गीतहरु लिएर आउंदैछन् भने उनि संगै एएनटीएफको र्याप ब्याटलका बिजेता प्लस डिभाईड,  शिरुपाते र अहिलेकी चर्चित गायिका अस्मिता अधिकारीको समेत पर्स्तुती रहनेछ।