धरान: संविधान दिवस २०७९ को अवसरमा आज धरानमा प्रभातफेरी र झण्डोत्तलन कार्यक्रम भएको छ । 

धरान उपमहानगरपालिकाको आयोजनामा बिहान उपमहानगर परिसरबाट प्रभातफेरी भएको हो । मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघा, प्रमुख प्रशासकीय अधिकृत उद्धव रिजालसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी, वडाअध्यक्ष, कार्यपालिका सदस्य तथा कर्मचारीहरु पनि प्रभातफेरीमा सहभागी थिए । यस्तै, बैंकर्स संघ पनि ब्यानरसहित प्रभातफेरीमा सहभागी भएको थियो । 

sambidhan-diwas

प्रभातफेरी भानुचोकमा पुगेपछि मेयर साम्पाङले झण्डोत्तलन गरिएको थियो । संविधान दिवसको अवसरमा हरेक बर्ष भानुचोकमा राष्ट्रिय झण्डा राखिदै आएको छ । मेयर साम्पाङले हजारौं सहिदहरुको वलिदानपछि आएको संविधानले सबैको अधिकार सुनिश्चित गरेको बताए । उनले संसारकै उत्कृष्ट र राम्रो संविधान नेपालले पाएको भन्दै संविधानको संरक्षण र पालना गर्नु नेपाली हरेक नागरिकको कर्तव्य भएको पनि बताए । 

भिडियो: