धरान: धरान स्नुकर च्याम्पियनको फाइनलमा आज गणेश गुरुङ्ग र वालकुमार मेन्याङ्गवो भिड्ने भएका छन्।

धरान ५ सिरान देउरालीस्थित युनिक पुल हाउस एण्ड खाजा घरल आयोजना गरेको प्रतियोगिता वेस्ट अफ नाइनमा खेलाइएको छ । सेमीफाइनालमा गणेशले दोर्जे पार्खिनलाई ५–१ र वालकुमारले सरोज राई ५–१ कै अन्तरले हराउदै फाइनल प्रवेश गरेका छन् । उपाधि विजेताले नगद ३० हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले नगद २० हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । 

व्यक्तिगत पुरस्कारतर्फ प्रतियोगिताको सेन्चुरी व्रेक पुरस्कार नगद १५ हजार र हाइएस्ट ब्रेक पुरस्कार नगद १० हजार रुपैया, ट्रफि र मेडल पाउनेछन् । फाइनल खेल आज दिउसो १२ वजे देखि सुरु हुने आयोजकले जनाएको छ । भदौ २३ गतेदेखि सुरु भएको प्रतियोगितामा धरान भरिका ५२ जना खेलाडिहरुले सहभागिता जनाएका थिए ।