दमक : सिकलसेल (बोनम्यारो) क्यान्सरबाट पीडित शिवसताक्षी ८ का २८ वर्षीय विशाल दुमी राईको उपचार सहयोगार्थ 'मुस्ताङ्ग मनोरञ्जन धमाका २०२२' नामक कन्सर्ट यही असोज १० गते सोमबार झापाको दमकमा हुने भएको छ । 

दसैँको पहिलो दिन राई इज किङ जेशपायल राईसंगै युवापुस्ताका चर्चित गायक एकदेव लिम्बूले एउटै कन्सर्टमा प्रस्तुति दिनेछन् । उक्त कन्सर्टमा सुनिता संयक लिम्बू, ममता गुरुङ र निमा तामाङ लगायतका कलाकारहरुको समेत प्रस्तुति रहनेछ। दमक ९ स्थित सरस्वती माविको प्राङ्गणमा आयोजना हुने कन्सर्ट बेलुकी ५ बजे देखि शुरु हुने आयोजकको भनाई छ।   

 कदम थिएटर र थैली इन्टरटेनमेन्टको आयोजक रहेको कन्सर्टमा डिभाइन वाइन, वाईवाई क्विक पिरो चाउचाउ, रुस्लान भोड्का, रेडब्लु इनर्जी ड्रिंक, इन्स्पायर इङ्लिस स्कूल, होटल स्वर्गलोक, होटल कामाक्षको सहयोग रहेको छ। कन्सर्टको टिकट दर ३ सय रहेको छ।  कन्सर्टबाट उठेको सम्पूर्ण आम्दानी न्युनतम खर्च कटाएर क्यान्सर पीडित विशाल राईको उपचारमा खर्च गरिने भएको छ। 

क्यान्सर पीडित विशाल राई बचाउ अभियान मूल समितिका संयोजक बलु राईका अनुसार विरामी राईको हाल काठमाडौंस्थित सिभिल अस्पतालमा उपचाररत रहेको छ । उनको उपचारमा अहिलेसम्म करिब १५ लाख खर्च भैसकेको छ भने रगत ट्रन्सल्पान्टको लागि थप ३५ लाख लाग्ने अस्पतालले जानकारी दिएको छ । मानवीय सेवाका लागि आयोजित कन्सर्टको लागि लागि कलाकार, प्रावधिक तथा प्रायोजकहरु सबैले उतीकै साथ(सहयोग गरेको  र कन्सर्टलाई भब्यरुपमा सम्पन्न गर्न लागिपरेको आयोजक टिमका भुपेन्द्र तुम्बाहाङ्ग्फेले बताए।