धरान: इटहरीका निवर्तमान मेयर द्धारिकलाल चौधरी नेकपा एमाले परित्याग गरी नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् ।

एमाले प्रदेश कमिटी सदस्यसमेत रहेका चौधरीलाई आज बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराएका हुन् । चौधरीसँगै इटहरीका अन्य १० जना पनि माओवादी केन्द्र प्रवेश गरेका छन् । 

चौधरी सुनसरी निर्वाचन क्षेत्र नं २ (क)बाट प्रदेशसभा सदस्य उम्मेद्वारका आकांक्षी हुन् । उनलाई माओवादी केन्द्रले टिकट दिन सहमत भएपछि पार्टी प्रवेश गरेको बताइएको छ । उनी २०७४ को स्थानीयतह निर्वाचनमा इटहरीको मेयरमा निवार्चित भएपछि कार्यकाल अवधिभर विवाद र चर्चामा रहेका थिए ।