धरान: दन्तकाली मन्दिरमा आज वडा दशैंको फुलपाती भित्र्याइएको छ । 

दशैंको सप्तमीलाई फुलपाती पनि भनिन्छ । दन्तकालीबाट बाजागाजासहित हर्षबढाई गर्दै नेपाली सेना, सशस्त्र, जनपद र नगर प्रहरीको टोली फुलपाती लिन गएको थियो । बिहानै बटुकहरु फुलपाती अर्थात नवपत्रिका खोज्न जंगलतर्फ गएका हुन्छन् । तिनै वटुकहरुले खोजेर राखेको नवपत्रिकाहरुलाई बाजासहित विधिपुर्वक दन्तकाली मन्दिरमा भित्र्याइएको हो ।

fulpati5

यसपाली फुलपाती लिन गएको टोली बुढासुब्बा मन्दिरमा पनि गएको थियो । पहिलो पटक बुढासुब्बा मन्दिरमा यसपाली नेपाली सेनाले सलामी दिएको थियो । यसैगरि, पिण्डेश्वर मन्दिर र फुलपाती भित्र्याउनुअघि दन्तकाली मन्दिरमा पनि सेनाले सलामी दिएको थियो । दन्तकालीमा फुलपाती भित्र्याइसके पछि नेपाली सेनाको टोलीले पनि मन्दिरबाट फुलपाती लिएर गएको थियो ।

भिडियो:

fulpati7

fulpati6

fulpati8

fulpati4

fulpati2

fulpati9

fulpati11

fulpati10

fulpati3

fulpati1