धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा महेन्द्र बहुमुखी क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीहरुले स्वास्थ्य विमा सेवा पाउने भएका छन् ।

विद्यार्थीहरुलाई प्रतिबर्ष अधिकतम १ लाख रुपैया सम्मको उपचार सेवा उपलब्ध गराउने सम्बन्धमा त्रिभुवन विश्वविद्यालय र प्रतिष्ठानबीच सोमबार समझदारीपत्रमा हस्ताक्षरसमेत भएको छ । त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा.पेशल दाहाल र वीपी प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा.सुर्यप्रसाद सिटौलाको रोहबरमा समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझादारी पत्रमा भने प्रतिष्ठानका अस्पताल निर्देशक डा.जगत नारायण प्रसाद र महेन्द्र क्याम्पसका प्रमुख दामोदर भण्डारीले हस्ताक्षर गरेका छन् ।

क्याम्पस प्रमुख भण्डारीका अनुसार स्वास्थ्य मन्त्रालय र विश्वविद्यालयबीच २०७१ सालमा नै विद्यार्थीहरुलाई स्वास्थ्योपचार सेवा उपलब्ध गराउने समझदारी भएको थियो । तर, धरानमा कार्यान्वयन हुन भने झण्डै ८ बर्ष समय लाग्यो । यसबीचमा विद्यार्थी संगठनहरुले क्याम्पसमा आन्दोलनसमेत गरेका थिए । केही समयअघि क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी भएको थियो भने प्रमुख भण्डारी केही समय कार्यालयमा नै थुनिएकासमेत थिए । विभिन्न कारणले ढिलाई भएको र अब भने विद्यार्थीहरुको माग वमोजिम पनि समझदारीपत्रमा हस्ताक्षर भएको भन्दै प्रमुख भण्डारीले खुशी व्यक्त गरे ।

mmc1

समझदारी अनुसार विद्यार्थीहरुको उपचार सेवाको सिमा १ लाखको हुनेछ । विद्यार्थीको उपचार गर्दा लागेको खर्चमध्ये विश्वविद्यालय स्वास्थ्योपचार कोषले तोकेको १० प्रतिशत रकम हरेक विल अनुसार सम्बन्धित विद्यार्थीबाट असुल गरिनेछ भने बाँकी रकम बिल प्राप्त भएको मितिले १५ दिनभित्र क्याम्पसमार्फत विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयबाट भुक्तानी पाउने लगायत १७ बुँदा उल्लेख छ ।

के के खर्च विश्वविद्यालय कोषले व्यहोर्दैन ?

समझदारीपत्रमा कोषले नव्यहोर्ने खर्चहरुबारे पनि उल्लेख गरिएको छ । सहमतिपत्र अनुसार विद्यार्थीले व्यहोर्नुपर्ने न्युनतम १० प्रतिशत खर्च कोषले व्यहोर्ने छैन भने कुनै पनि प्रकारको औषधी खर्च, सुन्नको लागि कानमा लगाउने उपकरण खर्च, चस्मा र चस्माको लेन्स खर्च, स्वेच्छिक कस्मेटिक उपचार खर्च, सुत्केरी र गर्भवती सम्बन्धी कुनै पनि खर्चलगायतका खर्चहरु पनि कोषले व्यहोर्ने छैन । 

mmc2

mmc3

mmc4