धरान: नेपालीहरुको दोस्रो ठुलो चाड तिहारको आज एकैदिन कुकुर तिहार र लक्ष्मी पूजा हो । आज लक्ष्मी पूजाको लागी घरमा सयपत्री फूलको मालाले सजाइन्छ भने साँझ घरघरमा लक्ष्मी पूजा हुन्छ । 

तिहारमा सयपत्री फूलको प्रयोग धेरै हुन्छ । खासगरी लक्ष्मी पूजाको दिन घरलाई सजाउन र भाइटीकामा चेली (दिदीबहिनी)हरुले माइती (दाजुभाई)लाई सयपत्री फूलको माला लगाइदिन प्रयोग हुन्छ । यही तिहारलाई लक्षित गरेर धरान आएको फूल आज (सोमबार) एकैदिन एक करोड हाराहारीको कारोबार भएको धरान १३ स्थित कृषि बजारले जानकारी दिएको छ । 

sayapatri2

कृषि बजारका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार नेपालको सयपत्री फूल गत बर्षभन्दा महंगो भएकोले भारतबाट आएको फूलको माला छिट्टै धेरै संख्यामा बिक्री भएको छ । आजै मात्र डेढ लाख भारतीय फूलको माला बिक्री भएको भट्टराईले जानकारी दिए । ‘अब ५० हजार जति भारतीय माला व्यापारीहरुले राखेका छन्, त्यो पनि भोली नै सकिएला जस्तो छ,’उनले भने ।

व्यवस्थापक भट्टराईका अनुसार भारतीय डेढ लाख माला ५० रुपैयाको दरले एकैदिन ७५ लाख बराबरीको कारोबार भएको छ । फूल व्यापारीहरुले एक साताअघि नै भारतको कलकत्ताबाट सयपत्री फूलको तयारी माला धरान भित्र्याएका थिए । ती मालाहरु कृषि बजारस्थित कोल्ड स्टोरमा राखिएको थियो । 

sayapatri

यस्तै, स्थानीय उत्पादन आज ५० हजार मालाको हाराहारीमा मात्र बिक्री भएको व्यवस्थापक भट्टराईले जानकारी दिए । यो करिब २५ लाख बराबरको भएको पनि उनले बताए । ‘यसपाली स्थानीय उत्पादन हुदै नभएको होइन, तर २५, ३० प्रतिशत मात्र आयो,’उनले भने,‘भारतीय माला लगभग सबै सकियो, थोरै बाँकी भएको भोली सकिन्छ । लोकल फूल पनि भोली आउछ होला ।’

भिडियो :