धरान: रवि लामिछाने संयोजक रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको सुनसरी क्षेत्र नं १ को सम्पर्क कार्यालय धरानमा खुलेको छ । 

चुनाव चिह्न घण्टी भएको यो पार्टीले धरान ८ स्थित लांघाली चोक नजिकै सोमबार (आज) बिहान सम्पर्क कार्यालय खोलेको हो । सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा सुनसरीभरिका प्रत्यक्ष उम्मेद्वार र समानुपातिक उम्मेद्वारहरुको पनि परिचयात्मक कार्यक्रम भएको थियो । साथै उनीहरुले यसपाली पुराना दलहरुबाट आजित भएका मतदाताहरुले भ्रष्टचार, विकृति, विसंगतिविरुद्ध अभियानमा साथ दिदै आफ्नो पार्टीको उम्मेद्वारहरुलाई जिताउने दाबी गरेका छन् ।

swatantra2

सोही कार्यक्रममा बोल्दै सुनसरी १ बाट प्रत्यक्ष उम्मेद्वार सरिन तामाङले मतदाताहरुको प्रतिक्रियाले आफु धेरै उत्साहित भएको बताइन् । उनले आफ्नो प्रमुख एजेण्डामा वीपी प्रतिष्ठान सुधार गर्नुरहेको पनि बताइन् । पुराना पार्टीको सेटिङले गर्दा प्रतिष्ठान सुधार हुन नसकेको भन्दै उनले त्यो सेटिङ भत्काउनुपर्ने, गल्ती गर्ने र राजनीतिक भर्ती भएर कामचोर प्रवृत्तिका कर्मचारीहरुलाई कारबाही गराउने पनि बताइन् ।

swatantra1

यस्तै, वैदेशिक रोजगारमा जाने युवाहरुलाई सुरक्षित गराउनु, पीडितहरुको उद्दार गर्नु, बक्लौरी र धरान जोड्ने सडक कालोपत्रे गरेर त्यहाँको कृषि उत्पादन धरान ल्याउनु आफ्नो एजेण्डामा रहेको पनि उनले बताइन् । यस्तै, युवाहरुलाई कुलतबाट जोगाएर, कुलतमा फसेकालाई सुधार गरेर सीपमुलक तालिम दिने र आत्मनिर्भर बनाउने आफ्नो एजेण्डा भएको पनि उनले बताइन् । उम्मेद्वार तामाङले चुनावमा धेरै खर्च नगर्ने र घरमै खाना खाएर चुनावी प्रचारप्रसारमा हिडेको पनि जानकारी दिइन् । मतदातालाई प्रभावित पार्न पैसा खर्च गर्ने प्रवृत्तिको अन्त्य गर्ने उनको भनाई थियो । 

भिडियो: