धरान: मंसिर ४ गतेको प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेद्वार रहेका पुर्वमेयर मनोजकुमार मेन्याङ्बोले नेपाली कांग्रेस र एमालेका प्रधानमन्त्री, मन्त्रीहरुको कारण धरानमा एयरपोर्ट बन्न नसकेको आरोप लगाएका छन् ।

पत्रकार सम्मेलन गरेर आफ्नो चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गदै मेन्याङ्बोले यस्तो आरोप लगाएका हुन् । उनले कांग्रेस र एमालेका शीर्ष नेता, प्रधानमन्त्री र मन्त्रीहरुको धरानप्रतिको गिद्देदृष्टिको कारण नै एयरपोर्ट बन्ने नसकेको दाबी गरे । साथै उनले अब जनतालाई ढाटेर नहुने भन्दै धरानमा एयरपोर्ट नबन्ने पनि ठोकुवा गरे । ‘एयरपोर्ट जनतालाई ठगीखाने मेलो मात्र हो, धरानमा बन्दैन,’उनले भने ।

एयरपोर्टको प्रस्तावित जग्गा जर्बजस्ती जग्गाधनीहरुबाट यति इन्कर्पोरेट प्रालिलाई खरिद गराएको भन्ने समाचार सत्य नभएको भन्दै मेन्याङ्बोले त्यो बेलाको चल्तीको मुल्यमा नै किनबेच भएको र तत्कालिन नगरपालिका रोहबर बसेको लिखित सहमतिको दस्तावेज नै रहेको पनि बताए । अहिले जग्गाको भाउ अकाशिएपछि केही व्यक्तिहरु उक्त जग्गा किनबेचमा लागेको र त्यसमा एमालेकै धरानका नेताहरु पनि संलग्न रहेको उनले बताए । उनले पुर्वप्रधानमन्त्रीको स्वकिय सचिव पनि जग्गा किनबेच गराउन सक्रिय रहेको बताए पनि नाम भने खुलाएनन् ।

manoj

धरानको खानेपानीको समस्या समाधान गर्न धरान लेउती सुरुङ मार्ग परियोजना उपयुक्त हुने उनको भनाई थियो । सुरुङ मार्ग बनेपछि तमोरको पानी पनि ल्याउन सकिने उनले बताए । राजनीतिक दलहरुले सुकुम्बासी समस्यालाई चुनावी मुद्दा मात्र बनाइरहने भन्दै उनले अब स्थायी समाधान गर्नुपर्ने पनि बताए । आफु एमालेमा नफर्कने र स्वतन्त्र रुपमा नै रहने पनि मेन्याङ्बोको भनाई थियो । निर्वाचनमा आफ्नो प्रतिस्पर्धी नै नरहेको दाबी गरेका उनले पहिलो र दोस्रो स्थान पनि स्वतन्त्र आउन सक्ने बताए । 

manoj1

मेन्याङ्बोले सुनसरी क्षेत्र नं १ मा विकृत हुदै गएको राजनीति सच्याउन, निरन्तर विकासका लक्षहरु हासिल गर्न, विगतका विकास कार्यहरुबाट नयाँ विकास थालनी गर्न उत्प्रेरित गर्न उम्मेद्वारी दिएको बताए । सुनसरी क्षेत्र नं १ लाई पुनजागृत गर्न चाहेको भन्दै उनले यो क्षेत्रलाई गन्तव्यकोरुपमा विकास गर्ने अधिकतम चाहना र क्षमतालाई सदुपयोग गर्न पनि चाहेको बताए । वीपी प्रतिष्ठानलाई नेपालकै उत्कृष्ट शिक्षण अस्पतालकोरुपमा शाख फर्काउने, यो क्षेत्रलाई शिक्षाको केन्द्रकोरुपमा विकास गर्ने, गुमेको व्यापार व्यवसायलाई पुर्नजागृत गर्ने, यातायात क्षेत्रको सुदृढीकरण तथा विकासमा जोड दिने, खेलकुदको राजधानीकोरुपमा विकास गर्न गुरुयोजना बनाउने, युवा स्वरोजगार कार्यक्रम लागु गर्नेलगायत उनले प्रतिवद्धता सार्वजनिक गरेका छन् ।

भिडियो: