धरान: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले धरानका मेयर हर्क साम्पाङको बोली केही पिरो भएपनि मान्छे हिरो भएको बताएका छन् ।

शुक्रबार भानुचोकस्थित लोकतान्त्रिक चौतारीमा प्रतिनिधिसभा सदस्य उम्मेद्वार सरिन तामाङको चुनावी सभालाई सम्बोधन गर्दे लामिछानेले यस्तो बताएका हुन् । उनले भने, ‘मान्छे अलिकति पिरो हो, तर हर्क साम्पाङ हिरो हो ।’ धरानले हर्क साम्पाङलाई जिताएर परिवर्तनको संवाहक भएकोले आफुले जहिल्यै धरानको नाम सम्मानपुर्वक लिने गरेको पनि बताए । उनले भने, ‘धरानले यो देशलाई आशाको उज्यालो दियो बालिदिएको छ ।’

पुरानो पार्टीहरुको दबदबा भएको ठाउँमा पनि पार्टीभन्दा माथि देश हो भन्ने बुझेर धराने जनताले परिवर्तनको लहर ल्याइदिएको र अहिले देशभरि फैलिएको लामिछानेले बताए । ‘राजनीतिक सिक्न पर्यो भने वेथिती र विसंगतिको सिक्दिन, राजनीति सिक्न मन लाग्यो भने धरान आउछु, र हर्क साम्पाङलाई भेट्छु भनेको थिए,’उनले भने । 

harka-ravi1

लामिछानेले सुनसरी १ मा सक्षम उम्मेद्वार उठाएको भन्दै घण्टी चुनाव चिह्नमा भोट दिएर सरिन तामाङलाई संसदमा पठाउन आग्रह पनि गरे । विदेशमा १४ बर्ष बस्दा आफ्नो लागि नभएर दुःखमा परेका, अलपत्र परेकाहरुको उद्दार र पीडामा मल्हम लगाउन लागिपरेको भन्दै सरिनजस्तो उम्मेद्वार उठाउन पाउदा आफुलाई गर्व लागेको उनले बताए । ‘उम्मेद्वार यस्तो उठाएका छौं, जसको आवाज हिजो पनि दरिलो थियो, आज पनि छ । अब संसदमा उठाउनुपर्छ,’उनले भने,‘आज दलहरु विचार र सिद्धान्त नमिल्दा पनि मिलेका छन्, त्यसको अर्थ भ्रष्टचारमा पनि मिलेका छन् । त्यउसको भण्डाफोर गर्ने जिम्मा धरानबाट सरिनलाई दिएर पठाउनुहोस्, त्यो काम पक्कै गरेर देखाउछौं ।’

भिडियो: