धरान: नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली कात्तिक २५ गते (शुक्रबार) धरान आउने भएका छन् ।

मंसिर ४ गतेको निर्वाचनलाई लक्षित गर्दै कार्यकर्ताहरुसँग भेटघाट गर्न ओली धरान आउन लागेका हुन् । सुनसरी क्षेत्र नं. १ मुल निर्वाचन परिचालन समितिको आयोजनामा एमाले–जसपा सयुक्त कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम हुने एमालेले जनाएको छ ।  धरान–१२ स्थित गीता मन्दिरमा हुने प्रशिक्षण कार्यक्रममा सुनसरी क्षेत्र नं. १ का अगुवा नेता तथा कार्यकर्ताहरुको सहभागिता रहने मुल निर्वाचन परिचालन समितिका संयोजक मीन सुब्बाले जानकारी दिए । अध्यक्ष ओलीले पार्टीको चुनावी रणनीति र एमालेको नेतृत्वको अवश्यकताबारे प्रशिक्षण दिने उनले बताए । सुनसरी क्षेत्र नं. १ एमाले–जसपाको तालमेल रहेको छ ।