धरान: धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक आज पनि हुन सकेन । 

दिउँसो २ बजेको लागि बैठक आह्वान भएको थियो । तर, कार्यपालिका बैठकको लागि मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघा, प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजाल र वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडा मात्र आएका थिए । आज प्रदेश सरकारले वनमन्त्रीको निधनको शोकमा सार्वजनिक विदा दिएको छ । विदा भएपनि बैठक भएकोले मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत र वरिष्ठ प्रशासकीय अधिकृत उपमहानगरपालिका आएका थिए ।

karyapalika

करिब ३ बजेसम्म मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत मेयरको कार्यकक्षमा रहेका थिए । कार्यपालिका सदस्य, वडाअध्यक्षहरु नआएपछि उनीहरु बाहिरिए । कार्यकक्षबाट बाहिरिरिदै गर्दा मेयर साम्पाङले प्रतिक्रिया दिदै आफुले बैठक बोलाएको तर वडाअध्यक्ष, कार्यपालिका सदस्यहरु नआउनुको कारण थाह नभएको बताए । उनले आफुले माफी माग्नुपर्ने कुनै कारण नभएको भन्दै यसरी नै निरन्तर बैठकमा नआए र काम नगरे आफु पनि राजिनामा माग्ने साथै जनताले पनि माग्नुपर्ने प्रतिक्रिया दिए । 

उपमेयर बेघाले ठुलो मुद्दा बनाएर नजादा हुने धारणा राख्दै जनता, नगरप्रति जिम्मेवार भएर अघि बढ्नुपर्ने बताए । उनले सबै पक्ष जिम्मेवार हुनुपर्ने धारणा राख्दै धेरै बिषय उठ्ने भएपनि जनतालाई प्रमुख केन्द्र बनाएर अघि बढ्नुपर्ने बताए । 

भिडियो:

भिडियो: