धरान: एमाले पार्टीको निर्णयसँग असन्तुष्ट भएर स्वतन्त्र उम्मेद्वारी दिएका मनोजकुमार मेन्याङ्बोले हाम्रो पार्टी नेपालसँग गरेको सम्झौता भंग गरेका छन् ।

मेन्याङ्बोले बिहिबार एक प्रेश विज्ञप्ती जारी गर्दै चुनाव चिह्न लौरो भएको उक्त पार्टीसँगको सम्झौता भंग गरेको घोषणा गरेका हुन् । मेन्याङ्बोले यसअघि उक्त पार्टीसँग प्रत्यक्षमा आफ्नो चुनाव चिह्नमा भोट माग्ने र समानुपातिकतर्फ लौरोलाई भोट माग्ने लिखित सहमति गरेका थिए । उक्त सहमति सार्वजनिक भएपछि एमाले वृत्तबाट मेन्याङ्बोको विरुद्ध प्रचार गरिएको थियो भने उनलाई साथ दिइरहेका एमालेकै कतिपय नेता, कार्यकर्ताहरु नैतिक संकटमा परेका थिए ।

मेन्याङ्बोले उक्त पार्टीसँग आफ्नो उम्मेद्वारीलाई सहयोग गर्ने गरि सम्झौता गरेपनि पार्टीले आफ्नो समानुपातिक उम्मेद्वारसँग आफुलाई जोडेर आफ्नो फाइदा मात्र पुग्ने गरि चुनावी प्रचारमा संलग्न भएको देखिएकोले उक्त पार्टी र चुनाव चिह्नसँग कुनै सम्बन्ध नरहने गरि सम्झौता भंग गरेको जनाएका छन् । उनले आफु कुनै एक व्यक्ति, एक समुह वा एक राजनीतिक दलको मात्र स्वार्थका लागि यो चुनावको प्रतिस्पर्धामा नआएको दाबी गर्दै सुनसरी क्षेत्र नं १ को विकास र परिवर्तनको सपना बोकेर आएको पनि विज्ञप्तीमा उल्लेख गरेका छन् । 

manoj-men